9 years ago
March 27, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – पाकिस्तान र नेपाल एकै महादेशका टोलि भएपनि नेपालले पाकिस्तानको युवा टोलीसंग खेल्न पनि निकै कसरत गर्नु परेको छ। पहिलोपटक सन् २००० को युथ १९ विश्वकपमा पाकिस्तान र नेपाल भिड्दा नेपाललेलाई ३० रनको विजय हासिल गरेको थियो। नेपालको पाकिस्तानविरुद्ध यो अहिलेसम्मकै उत्कृष्ट नतिजा हो।

सन् २०१० मा बंगलादेशमा आयोजना भएको साफ गेम्समा नेपाल र पाकिस्तानको युथ–२१ टिम भिडेका थिए। टि–२० फरम्याटमा भएको उक्त खेलको कप्तानी पनि ज्ञानेन्द्रले नै सम्हालेका थिए। ज्ञानेन्द्रले २१ रनको अविजित पारी खेलेको उक्त खेलमा नेपाल ९१ रनको भारी अन्तरले पराजित भएको थियो।
सन् २०१२ मा मलेसियामा भएको युथ–१९ एसिया कपमा नेपाल र पाकिस्तान पनि खेलेका थिए। नेपालले उक्त खेलमा८ विकेटको पराजय भोगेको थियो।
सन् २०१५ मा वकार युनिसको प्रशिक्षणमा रहेको पाकिस्तानले आबुधाबीमा नेपालसंग एकदिवसीय खेलेको थियो। जसमा ठुला खेलाडी सम्मीलित पाकिस्तानले पहिलो ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा ३ सय २६ रन बनायो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले ५ विकेटको गुमाउँदै २ सय ४५ रनको सम्मानजनक योगफल तयार पारेको थियो।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]