default_image

9 years ago

March 27, 2017

नेपाल र पाकिस्तान आज भिड्दै

169 views

0 Bookmark

बंगलादेश (एजेन्सी) – एसीसी इमर्जिङ नेसन्स कप अन्तर्गत समूह चरणको पहिलो खेलमा आज नेपालले पाकिस्तान यु-२३को सामना गर्दैछ।

nepal-cricket-team

टेष्ट मान्यताप्राप्त पाकिस्तान र बंगलादेशको यु-२३ टोलीसंगै नेपाल र हङकङ प्रतियोगिताको समुह ‘बि’ मा रहेकानेपालले पहिलो खेलमा पाकिस्तान यु-२३को चुनौती स्वीकार्दैछ।

आफ्नो ४ सिनियर खेलाडीलाई घरमै छाडेर ४ अन्क्याप्ड खेलाडी लिएर बंगलादेश प्रस्थान गरेको १५ सदस्यीय टोलीको नेतृत्व ज्ञानेन्द्र मल्लले गर्नेछन भने शरद भेषवाकरले उपकप्तानको भूमिका निर्वाह गर्दैछन। यसबाहेक विनोद भण्डारी, सागर पुन , मेहबुब अलाम , दिपेन्द्र सिंह ऐरी, सुनिल धमला , सन्दिप लामिछाने, आरिफ शेख, अभिनाश कर्ण र दिलीप नाथ टोलीमा रहेका छन्।  आसिफ शेख, भुवन कार्की, सुशन भारी र दिपेश श्रेष्ठ पनि टोलीमा समावेश गरिएका छन्।

नेपाल र पाकिस्तानको खेल नेपाली समयानुसार बिहान ८:४५ बजे सुरु हुनेछ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.