default_image

9 years ago

March 27, 2017

अत्तरियामा महिला क्रिकेट हुने

121 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अत्तरियामा पहिलोपटक अत्तरिया वुमन्स कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ। घरेलु क्रिकेट प्रतियोगितामा महिला क्रिकेट प्रतियोगिता निकै कम भैरेहको अवस्थामा युनाइटेड अत्तरिया स्पोर्टस् क्लबले पहिलोपटक व्यवसायिक रुपमा पहिलोपटक अत्तरिया कप टी–ट्वान्टी वुमन्स कप क्रिकेट प्रतियोगिता हुने भएको हो।

organizer-attariya

युनाइटेड अत्तरिया स्पोर्टस् क्लबका अध्यक्ष रवि खनालले सीमित रुपमा हुदै आएको महिला क्रिकेट प्रतियोगितालाई गति दिन र महिला क्रिकेटको बिकासको लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी गराए । अध्यक्ष खनालले प्रतियोगितालाई निरन्तरता दिंदै जाने पनि बताए ।

आगामी वैशाख १० गतेबाट शुरु भएर २० गतेसम्म चल्ने प्रतियोगिता अत्तरियास्थित एपिएफको क्रिकेट मैदानमा हुनेछ। राउण्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा विभिन्न ६ टिमले सहभागिता जनाउने आयोजकले जानकारी गराए। सहभागी टिमहरुमा नेपाल एपिएफ क्लब, मिलन क्रिकेट एकेडेमी काकरभिट्टा, राइजिङ क्रिकेट उमन, केडिसिए अत्तरिया, कञ्चनपुर–११ र बारा महिला क्रिकेट क्लब रहेका छन्।

राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान समेत रहेकी रुविना क्षेत्रीले मिलन क्रिकेट एकेडेमी काकरभिट्टाको कप्तानी सम्हाल्नेछिन्। अन्तर्राष्ट्रिय खेलाडीद्वय विना बुढा मगर (नेपाल एपिएफ क्लब) र आरती विडारी (राइजिङ क्रिकेट उमन)को कप्तान रहेका छन्। अन्जली चन्दले केडिसिए अत्तरिया, विन्दु रावलले कञ्चनपुर–११ र मनिषा चौलागाईले बारा महिला क्रिकेट क्लबको कप्तानी सम्हाल्नेछिन् ।

लिगपछि समूहका शीर्ष दुई टोलीले उपापिधका लागि खेल्नेछन् । प्रतियोगिताको विजेताले दुई लाख तथा उपविजेताले एक लाख रुपैया प्राप्त गर्नेछन् । यस्तै प्लेयर अफ दि सिरिजलाई २५ हजार, वेस्ट ब्याटिङ पफर्मेन्स, वेस्ट बलिङ पफर्मेन्स र विकेटकिपरलाई समान १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले बताएको छ । त्यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले ३ हजार रुपैयाँ प्राप्त गर्नेछिन् । आयोजकले प्रतियोगिता सम्पन्न गर्न झण्डै ३५ लाख खर्च हुने बताएको छ ।

December 6, 2025

सुदूरपश्चिम विरुद्ध विराटनगर पहिला फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदुरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

Success

Thank you for your time.