9 years ago
March 27, 2017
बंगलादेश (हाम्रो खेलकुद) – ओपनर इमाम उल हकको अविजित शतकीय इनिङ्ससंगै पाकिस्तान यु-२३ले एसीसी इमार्जिङ नेसन्स कप अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाललाई ६ विकेटले पराजित गरेको छ।

टस जितेर फिल्डिङ रोजेको पाकिस्तान टोलीले कार्यवाहक कप्तान ज्ञानेन्द्र मललाई व्यक्तिगत २ रन र सागर पुनलाई ४ रनमै पेभेलियन फर्काउन सफल रहेको थियो। यसैगरी चौथो नम्बरमा ब्याटिङ गर्न आएका दिपेन्द्र सिंह ऐरीले १४ रनमात्र जोड्न सके।
ओपनर सुनिल धमलाले शरद भेषावकरसंग मिलेर पारीलाई उकासेका थिए। ओपनर सुनिल धमलाले १२५ बलमा ४३ रन बनाए भने उपकप्तान शरद भेषावकरले ५९ बलमा ३८ रनको पारी खेले। एक समय ४१/३को अवस्थामा रहेको नेपाली टोलीलाई शरद र सुनिलको चौथो विकेटका लागि गरेको ७९रनको साझेदारीले राम्रो स्थितिमा पुर्याएको थियो।
नेपालले निर्धारित ५० ओभरमा १८०/९को योगफल तयार पारेको थियो। बिनोद भण्डारीले मध्यक्रममा ३२ बल खेल्दै २४ रन बनाए। महबुब आलम भने पहिलो बलमै ओसामा मिरको बलमा एलबीडब्लु भएका थिए। पाकिस्तानका गुलाम मुसद्दरले ५ विकेट लिएका थिए। आरिफ शेख १८ रनमा अविजित रहे। अन्तिम १० ओभरमा ४६ रन जोडेको थियो भने इनिङको अन्तिम २ बलमा गुलामले सुशन र सन्दीपको विकेट लिएका थिए।
जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले ६७ रनको सुरुवाती साझेदारी संगै सुदृढ सुरुवात गर्यो। ओपनर इमरान बट २१ रन बनाउदैं सन्दिप लामिछानेको बलमा बोल्ड भएपछि तेश्रो नम्बरमा आएका हरिस सोहेललाई ज्ञानेन्द्र मल्लले १७ रनमा आफ्नै बलमा क्याच गरेका थिए।एकतर्फ बाट इमाम उल हकले रन जोडीरहँदा अर्कोतर्फ भने ब्याट्सम्यान फेरीइरहे।
त्यसपछि कप्तान मोहमद रिजवान १० र हुसेन टालट शुन्य रनमा आउट भएका थिए। १३९/४को स्थितिमा रहँदा केहि दबावमा देखिएपनि हम्माद आजमले अविजित २२ रन बनाउदै टोलीलाई जित तर्फ पुर्याए। ओपनर इमामले १३५ बलमा १०४ रनको अविजित पारी खेले। उनले ९ चौका प्रहार गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए। खेलको ४६औं ओभरको पहिलो बलमा चौका प्रहर गर्दै इमामले पाकिस्तानको जित पक्का परेका थिए। नेपालको लागि कप्तान ज्ञानेन्द्र मल्ल र सन्दिप लामिछानेले समान २/२ विकेट लिएका थिए।
नेपालले समूह चरणको दोश्रो खेलमा भोलि बंगलादेशको सामना गर्दैछ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदुरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]