9 years ago
March 28, 2017
काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशमा जारी इमर्जिङ नेसन्स कप क्रिकेटको आज आफ्नो दोस्रो खेलमा जितका लागि नेपालले २ सय ५८ रनको लक्ष्य पछ्याएको छ । टस जितेको नेपालले आयोजक बंगलादेश यू २३ लाई ब्याटिङका लागि आमन्त्रण गरेको थियो । तेस्रो ओभरमै महत्वूर्ण दुई विकेट गुमाएपछि विस्तारै सम्हालिएको प्रदर्शन गरेको बंगलादेशको युवा टोलीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५७ रन बनाएको थियो ।

मध्यक्रमका ब्याट्सम्यान नासिर हुसेनले अविजित शतक बनाएपछि टोलीले नेपालविरुद्ध ठूलो स्कोर खडा गरेको थियो । नासिरले १ सय १५ बलमा १२ चौका र २ छक्कासाथ अविजित १ सय ९ रन बनाए ।
टोलीका कप्तान मोमिनुल हकले पनि अर्धशतक पुरा गरेको खेलमा अन्य ब्याट्सम्यानको प्रदर्शन भने उल्लेख रहेन । मोमिनुलले ७८ बलमा ७ चौकासहित ६१ रन जोडे । अबु हसन राजाले ३०, अफिफ हुसेनले १४, सैफ उडिड्नले १३ रन बनाए ।
नेपालका लागि अभिनाश कर्णले ३ ,सन्दीप लामिछानेले २ तथा महबुब आलम, दिपेन्द्र सिंह ऐरी र कप्तान ज्ञानेन्द्र मल्लले समान १ विकेट लिए ।
पाकिस्तान यू २३ सँग सोमबार भएको पहिलो खेल ६ विकेटले गुमाइसकेको नेपालका प्रतियोगिताको अघिल्लो चरण पुग्ने सम्भावना जीवत राख्न आजको खेल जित्नै पर्ने हुन्छ । पहिलो दिन बंगलादेशले पनि हङकङलाई ८ विकेटले हराएर विजयी सुरुआत गरिसकेको छ । समूह चरणको खेलपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।
पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८० रन बनाएको थियो । जवाफमा पाकिस्तानले ४५.१ ओभरमा ४ विकेट गुमाउँदै जितका लागि आवश्यक रन जोडेको थियो । अर्को खेलमा ३५.१ ओभरमा हङकङलाई १ सय २५ रनमा अलआउट गरेको बंगलादेशले १६.१ ओभरमा २ विकेट गुमाएर आवश्यक रन जोडेको थियो ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदुरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]