9 years ago
March 30, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली क्रिकेट टोलीले जितका साथ आज बंगलादेशमा जारी इमर्जिङ नेसन्स कप क्रिकेटको यात्रा अन्त्य गरेको छ । प्रतियोगिताबाट बहिरिइसकेका दुई टोलीबीचको प्रतिस्पर्धानमा नेपालले हङकङलाई ७ विकेटले हराएको छ । २ सय १५ रनको लक्ष्य पछ्याएको नेपालको कप्तान ज्ञानेन्द्र मल्ल, सिनियर खेलाडी शरद भेषावकर र युवा खेलाडी दीपेन्द्र सिंह ऐरीले अर्धशतक पुरा गरेपछि नेपालले ४४.२ ओभरमा मात्र ३ विकेट गुमाउँदै २ सय २० रन जोडेको थियो ।

अविजित अर्धशतक बनाएका दीपेन्द्र र शरदले चौथो विकेटका लागि १ सय ५ रनको साझेदारी गर्दै प्रतिष्ठानको लडाईका रुपमा हेरिएको खेल नेपालका पक्षमा पारेका थिए । दीपेन्द्र ६० र शरद ५५ रनमा अविजित रहे ।
त्यसअघि पार्ट टाइमर बलिङमा पनि चम्केका ओपनर ज्ञानेन्द्र र दीपेन्द्रले तेस्रो विकेटका लागि ३५ रनको साझेदारी गरेका थिए । ८२ बल खेलेका ज्ञानेन्द्रले ११ चौका साथ ७० रन बनाएका थिए । उनले गत महिना केन्याविरुद्ध विश्व क्रिकेट लिग च्याम्पियनसिपमा ७ विकेटको जितमा पनि अर्धशतक पुरा गरेका थिए ।
दीपेन्द्रले लगातार दोस्रो खेलमा अर्धशतक पुरा गरे । ८३ बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरेका थिए । त्यस्तै ५१ बल खेलेका शरदले ३ चौका र त्यत्तिनै छक्का प्रहार गरे । टोलीका अर्का ओपनर आसिफ शेखले ८, दीलिप नाथले १२ रन बनाएका थिए । हङकङका लागि सुर्बमन्यमले २ र निकाक खानले १ विकेट लिए ।
त्यसअघि नेपालले टस जितेर नेपालले हङकङलाई पहिले ब्याटिङको लागि आमन्त्रण गरेका थियो । हङकङ निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय १४ रन बनाएको छ । हङकङको आपनिङ जोडिको उत्कृष्ट सुरुआत दिलाउँदै नेपालको निर्णयलाई गलत सावित गराउने प्रयास गरेका थिए । कामेरुन म्याकुल्सन र अन्सुमन रथले पहिलो विकेटका लागि ९५ रनको साझेदारी गर्दै नेपालमाथि दबाब बढाएका थिए ।
त्यस्तो अवस्थाबाट नेपाललाई खेलमा फर्काउन पार्ट टाइमर कप्तान ज्ञानेन्द्र किफायती सावित भए । उनले दुई ओभरको फरकमा दुवै ओपनरलाई आउट गर्दै नेपाललाई खेलमा फर्काएका थिए । ज्ञानेन्द्रले विकेट लिनुअघि अन्सुमनले अर्धशतक पुरा गरेका थिए । ६० बल खेलेका उनले ७ चौकाको मद्दतमा ५१ रन बनाए । ज्ञानेन्द्रले आफ्नै बलमा अन्सुमनलाई क्याच गरे ।
७३ बलमा ४३ रन बनाएका क्यारुनले ५ चौका प्रहार गरे । वकास खानले ३०, साहिद वासिफले २२ र इशान खानले १३ रन बनाउनु बाहेक हङकङका लागि अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । अभिनाष कर्णले ३, ज्ञानेन्द्रसँगै सुसन भारी, भूवन कार्कीले समान २ ,सन्दीप लामिछानेले समान १ विकेट लिए ।
नेपाल र हङकङ दुवैले समूह चरणका सुरुआती दुई खेल हारेका थिए । पहिलो खेल पाकिस्तान यू २३ सँग ६ विकेटले गुमाएको नेपाल दोस्रो खेलमा बंगलादेश यू २३ सँग ८३ रनले पराजित भएको थियो ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदुरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]