9 years ago
March 31, 2017
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको इमिर्जिङ नेसन्स कप क्रिकेटको लिग चरणको अन्तिम खेलमा बिहीबार हङकङलाई ७ विकेटले हराएको नेपाली क्रिकेट टोली भोली स्वदेश फर्कदैछ । निलम्बित नेपाल क्रिकेट संघ (क्यान) का सिओओ छिुम्बी लामाले टोली शनिबार दिउँसो ४ः३० मा त्रिभुवन विमानस्थल ओर्लने जानकारी दिएका छन् ।

सुरआती दुई खेलमा पाकिस्तान यु २३ सँग ६ विकेट र अर्को खेलमा आयोजक बंगलादेशको यू २३ सँग ८३ रनले पराजित नेपाली टोलीले प्रतिष्ठाको लडाइ मानिएको बिहीबारको खेलमा भने सहज जित हासिल गरेको थियो । नेपाली टोलीको सान्त्वना जितमा कप्तान ज्ञानेन्द्र मल्लको भूमिका महत्वपूर्ण रह्यो ।
हङकङलाई २ सय १४ रनमा रोक्न दुई महत्वपूर्ण विकेट लिएका ज्ञानेन्द्रले ओपनिङ गर्दै ७० रनको योगदान गरेका थिए ।ज्ञानेन्द्र खेलको म्यान अफ दी म्याच घोषित भएका थिए । अभिनाश कर्णले ३ विकेट,सुसन भारी, भूवन कार्कीले समान २ तथा सन्दीप लामिछानेले १ विकेट लिएका थिए । गत महिना विश्व क्रिकेट लिग च्याम्पियनसिपमा केन्याविरुद्ध ७ विकेटको जितमा अर्धशतक बनाएका ज्ञानेन्द्रले बिहीबार पनि उच्च प्रदर्शन गरे ।
अर्का दुई खेलाडी दीपेन्द्र सिंह ऐरी र शरद भेषावकरको भूमिका पनि त्यत्तिकै महत्वपूर्ण रह्यो । दुवैले अविजित रहँदै अर्धशतक पुरा गरेका थिए । केन्याविरुद्धको फागुन २८ मा भएको विश्व क्रिकेट लिग च्याम्पियनसिपमा डेब्यू गरेका दीपेन्द्रले त्यसयताका ५ खेलमा तीन अर्धशतक पुरा गरिसकेका छन् । दीपेन्द्र ६० र शरद ५५ मा अविजित रहँदै टोलीलाई २ सय १५ को लक्ष्य दिलाएका थिए ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदुरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]