default_image

9 years ago

March 31, 2017

पुलिस र टिप टप सुपर-८को सेमिफाइनलमा

129 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – किर्तिपुरस्थित टि.यु. अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारि देभिवास खुकुरी सुपर-८ क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण आज पुरा भएको छ

img_9628

समूह चरणको सम्पूर्ण खेलहरुको समापन संगै दुइ समूहमा रहेका शीर्ष २ टोलीले सेमिफाइनलको यात्रा तय गरेका छन् समूह ‘ए’ बाट टिप टप समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गर्यो भने नेपाल पुलिस क्लबले समूह ‘बि’को सबै खेल जित्दै शीर्षस्थानमा रह्यो पुलिसले समुह ‘ए’को उपविजेता स्टर्म ब्र्यान्ड एक्टिभेसनको सामना गर्नेछ भने टिप टपले नागर्जुना क्रिकेट क्लबको चुनौती स्वीकार्नेछ

आज भएको पहिलो खेलमा स्टर्म ब्र्यान्ड एक्टिभेसनले डी.ए.भीलाइ ७ विकेटले पराजित गरेको थियो दिनको दोश्रो खेलमा मन्जित श्रेष्ठ र कुशल भुर्तेलको आक्रामक इनिङ्सको मद्दतले नेपाल पुलिस क्लबले के.बि.एचलाई ७० रानको विशाल अन्तरले पराजित गर्यो

एनएसजेएफले स्टर्म ब्र्यान्ड एक्टिभेसनसंग ८ विकेटको पराजय बेहोर्दा पुलिसले नागर्जुनालाई २५ रनले हराएको थियो सोनु तामाङको आक्रामक ब्याटिङको मद्दतले टिप टपले डी.ए.भी.लाई ३ रनले हरायो। ९४ रनको लक्ष्य पछ्याएको डी.ए.भी.का लागि जितेन्द्र ठकुरी ३५(१५) र हिमांशु दत्त ३५(१२)को प्रदर्शन खेर गएको थियो दिनको अन्तिम खेलमा डी.ए.भी.ले भी.एम. वारियार्सलाई १५ रनले पराजित गर्यो

प्रतियोगिताको फाइनल र सेमिफाइनल खेलहरु शनिबार खेलिनेछ

December 6, 2025

सुदूरपश्चिम विरुद्ध विराटनगर पहिला फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदुरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

Success

Thank you for your time.