9 years ago
April 1, 2017
पुने (एजेन्सी) – भारतका अफ स्पिनर रविचन्द्रन अश्विनले इन्डियन प्रिमियर लिग (आइपिएल) को यो सिजन गुमाउने पक्का भएको छ । स्पोट्र्स हर्नियाका कारण ३० वर्षिय अश्विनले यो सिजन राइजिंग पुने सुपरजाइन्ट्सका लागि योगदान गर्न नपाउने भएको छन् ।

करिब ६ देखि ८ हप्तासम्म मैदान बाहिर रहने अश्विनले भारतसँगको च्याम्पियन्स ट्रफीको यात्रामा भने पुनरागमन गर्ने आशा गरिएको छ । भारत प्रतियोगिताको साविक बिजेता पनि हो ।
न्यूजिल्यान्ड, इङ्ल्यान्ड, बंगलादेश र अष्ट्रेलिया गरि १३ टेस्टमा ७३८.२ ओभर बलिङ गरेका अश्विनले ८२ विकेट लिएका छन् । भारतीय बलरले एक सिजनमा गरेको यो उच्च प्रदर्शन हो ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]