9 years ago
April 1, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – खुकुरी इन्टरटेनमेन्ट र देभिवास इभेन्ट्सको आयोजनामा किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी सुपर ८ क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा टिप टपलाई ३ विकेटले पराजित गर्दै नगद रु. १ लाख र ट्रफी हात पार्यो।

शनिबार बिहान भएको पहिलो सेमीफाइनलमा टिप टपले नागर्जुना क्रिकेट क्लबलाई २ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। दोश्रो सेमिफाइनलमा भने नेपाल पुलिस क्लबले स्टर्म ब्र्यान्ड एक्टिभेसनलाई ८ रनले पराजित गर्दै उपाधि भिडन्त तय गरेको थियो।
फाइनल खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको टिप टपले खराब सुरुवातका बाबजुद निर्धारित ७ ओभरमा ५ विकेट गुमाउदै ७८ रन जोड्यो। ओपनर प्रकाश विष्ट र त्यसपछि सोनु तामाङ सस्तैमा आउट भएपछि संकटमा परेको टिप टपलाई कप्तान प्रसन्न शाक्य [२४(१२)] र सुबेन्दु पाण्डेको[२६(११)] इनिङले उकासेको थियो। पुलिसका लागि मन्जित श्रेष्ठले ३ विकेट लिए भने कुशल भुर्तेलले २ विकेट लिए।
७९ रनको लक्ष्य पछ्याउन जवाफी ब्याटिङमा उत्रेको पुलिसले ओपनर शंकर रानाको ३२ रनको मद्दतले २ बल बाँकी रहँदा लक्ष्य प्राप्त गरेको थियो। अन्तिम ओभरमा ९ रन चाहिएको अवस्थामा रोहित पौडेलले पहिलो ३ बलमा १ रन खर्चेर २ विकेट लिएपछि पुलिसलाई केहि असहज हुने देखिएको थियो। तर योगेन्द्र सिंह कार्कीले पहिलो बलमै ८ प्रहर गर्दै पुलिसलाई उपाधि दिलाए। टिप टपका लागि प्रकाश विष्टले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै २ ओभरमा ९ रन खर्चेर २ विकेट लिएका थिए। पुलिसका लागि कुशल भुर्तेलले ९ बलमा २० रन बनाएका थिए।
यसअघि प्रतियोगिताको तेश्रो स्थानको लागि भएको खेलमा नागर्जुनाले स्टर्म ब्र्यान्ड एक्टिभेसनलाई ५ विकेटले पराजित गरेको थियो।
प्रतियोगिताको विजयी टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट लगायतले पुरस्कृत गरेका थिए उपविजेता टिप टपले नगद रु. ५० हजार संगै ट्रफीमा चित्त बुझायो टिप टपका सोनु तामाङ उत्कृष्ट ब्याट्सम्यान घोषित भए लिग चरणमा १२५ रन बनाएका तामाङले ट्रफीसंगै नगद रु. १० हजार प्राप्त गरे
पुलिसका कप्तान मन्जित श्रेष्ठले नगद रु. २५,००० संगै ट्रफी जिते। उनले प्रतियोगिता अवधिभर १४९ रन प्रहार गर्दै ११ विकेट लिएका थिए। समूह चरणमा १० विकेट लिएका नागर्जुनाका ललित राजवंशीले उत्कृष्ट बलरको उपाधि जिते। उनले ट्रफीसंगै नगद रु. १० हजार प्राप्त गरे।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदुरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]