default_image

7 years ago

April 1, 2017

नेपाली क्रिकेट टोली बंगलादेशबाट स्वदेश आइपुग्यो

काठमाडौँ (हाम्रो खेलकुद) – बंगलादेशको इमिर्जिङ नेसन्स कप क्रिकेटको लिग चरणको अन्तिम खेलमा बिहीबार हङकङलाई ७ विकेटले हराएको नेपाली क्रिकेट टोली आज स्वदेश आइपुगेको छ । सुरआती दुई खेलमा पाकिस्तान यु २३ सँग ६ विकेट र अर्को खेलमा आयोजक बंगलादेशको यू २३ सँग ८३ रनले पराजित नेपाली टोलीले प्रतिष्ठाको लडाइ मानिएको बिहीबारको खेलमा भने सहज […]

27 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – बंगलादेशको इमिर्जिङ नेसन्स कप क्रिकेटको लिग चरणको अन्तिम खेलमा बिहीबार हङकङलाई ७ विकेटले हराएको नेपाली क्रिकेट टोली आज स्वदेश आइपुगेको छ ।

नेपाल राष्ट्रिय टोलि

तस्बिर – कौशल अधिकारी / क्रिकेटिंग नेपाल

सुरआती दुई खेलमा पाकिस्तान यु २३ सँग ६ विकेट र अर्को खेलमा आयोजक बंगलादेशको यू २३ सँग ८३ रनले पराजित नेपाली टोलीले प्रतिष्ठाको लडाइ मानिएको बिहीबारको खेलमा भने सहज जित हासिल गरेको थियो । नेपाली टोलीको सान्त्वना जितमा कप्तान ज्ञानेन्द्र मल्लको भूमिका महत्वपूर्ण रह्यो ।

हङकङलाई २ सय १४ रनमा रोक्न दुई महत्वपूर्ण विकेट लिएका ज्ञानेन्द्रले ओपनिङ गर्दै ७० रनको योगदान गरेका थिए ।ज्ञानेन्द्र खेलको म्यान अफ दी म्याच घोषित भएका थिए । अभिनाश कर्णले ३ विकेट,सुसन भारी, भूवन कार्कीले समान २ तथा सन्दीप लामिछानेले १ विकेट लिएका थिए । गत महिना विश्व क्रिकेट लिग च्याम्पियनसिपमा केन्याविरुद्ध ७ विकेटको जितमा अर्धशतक बनाएका ज्ञानेन्द्रले बिहीबार पनि उच्च प्रदर्शन गरे ।

अर्का दुई खेलाडी दीपेन्द्र सिंह ऐरी र शरद भेषावकरको भूमिका पनि त्यत्तिकै महत्वपूर्ण रह्यो । दुवैले अविजित रहँदै अर्धशतक पुरा गरेका थिए । केन्याविरुद्धको फागुन २८ मा भएको विश्व क्रिकेट लिग च्याम्पियनसिपमा डेब्यू गरेका दीपेन्द्रले त्यसयताका ५ खेलमा तीन अर्धशतक पुरा गरिसकेका छन् । दीपेन्द्र ६० र शरद ५५ मा अविजित रहँदै टोलीलाई २ सय १५ को लक्ष्य दिलाएका थिए ।

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ । डि कक र केएल राहुले पहिलो […]

April 19, 2024

इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले हङकङसँग खेल्ने

एजेन्सी – नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा घरेलु टोली ओमानसँग शुक्रबार ५ विकेटले पराजित भएपछि हङकङको नेपालसँगको भेट पक्का भएको हो । फाइनल पुगेको ओमानले भने एसिया कपमा पुग्नको लागि आइतबार संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ […]

April 19, 2024

एसीसी प्रिमियर कप- युएईले ओमानसँग फाइनल खेल्ने

एजेन्सी – संयुक्त अरब इमिरेट्स (युएई) ले एसीसी प्रिमियर कपको उपाधिका घरेलु टोली ओमानको सामना गर्ने भएको छ । दोस्रो सेमिफाइनलमा शुक्रबार हङकङलाई ५ विकेटले हराउँदै ओमानले युएईसँगको फाइनल भेट पक्का गरेको हो । त्यसअघि नेपाललाई ६ विकेटले हराउँदै युएई फाइनलमा पुगेको थियो । हङकङविरुद्ध १ सय ३१ रनको लक्ष्य पछ्याएको ओमानले ४ बल बाँकी […]

Success

Thank you for your time.