9 years ago
April 3, 2017
भैरहवा (हाम्रो खेलकुद) – क्रिकेटका अन्तराष्ट्रिय अम्पायर सत्यजित सरकारलाई मातृशोक परेको छ । सरकारको ममतामयी माता बेनु सरकारको ७६ बर्षको उमेरमा आइतबार राती निधन भएको हो । स्वर्गिय बेनु सरकार लामो समयदेखि मुटु रोगको समस्या थियो।
पछिल्लो समय उनको सिद्धार्थनगर वडा नम्बर ३, दरखसवा स्थित घरमा उपचार हुँदै आएको थियो । स्वर्गिय सरकारको सोमबार भैरहवा स्थित स्वर्गद्धारी घाटमा बंगाली परम्परा अनुसार अन्तिम सस्कार भएको थियो ।
छोरा सत्यजितले स्वर्गिय आमालाई अग्नी दिएका थिए । रुपन्देही क्रिकेट संघका पदाधिकारीहरु, क्षेत्रिय संघका पदाधिकारी, क्यानका पूर्व केन्द्रिय सदस्यहरु, क्रिकेट खेलाडी, सञ्चारकर्मि, शुभेच्छुक लगायतले स्वर्गद्धारी घाट पुगेर श्रद्धाञ्जली प्रकट गरेका थिए । बेनुका सत्यजित छोरा सहीत ४ छोरी रहेका छन् ।
यसै बिच धनगढी प्रिमियर लिग (डिपिएल)को लागी भैरहवामा प्रशिक्षणमा रहेको रुपन्देही च्यालेञ्जर्सले सोमबार सिद्धार्थ रंगशालामा भारत गोरखपुरसँगको मैत्रीपूर्ण खेलमा स्वर्गिय सरकार प्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै दुबै टिमका खेलाडीले १ मिनेट मौन धारण गर्दै हातमा कालोपट्टी बाधेर खेलेका थिए ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदुरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]