default_image

9 years ago

April 4, 2017

नेक्सस कप यू १६ क्रिकेट भोलीबाट, २८ टोलीले प्रतिस्पर्धा गर्ने

115 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेक्सस कप यू १६ टि ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता बुधबार राजधानीमा सुरु हुने भएको छ । नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा सुरु हुने प्रतियोगितामा सात प्रदेशका २८ टोलीको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा एकेडेमीका अध्यक्ष भरतकुमार शाहीले जानकारी दिए ।

nexus-cricket-pressmeet

प्रतियोगितामा १६ वर्ष भन्दा मुनिका खेलाडीलाई मात्रै सहभागिता होस भनेर उमेर प्रमाणका लागि कक्षा आठको प्रमाणपत्र र बोन टेस्ट गरिने पनि शाहले बताए । १७ दिनसम्म चल्ने प्रतियोगिताका खेलहरु बुढानिलकण्ठ आवासिय माध्यमिक विद्यालयको खेल मैदान ‘ए’ र ‘बी’, ल्याब्रोटरी स्कुल कीर्तिपुर र त्रिवि क्रिकेट मैदान कीर्तिपुर गरी चारवटा खेल मैदानमा हुनेछ ।

सहभागि टोलीलाई चार समूहमा विभाजन गरिएको छ । लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको हरेक समूहको शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख ५० हजार रुपैयाँ र दोस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २० हजार र इमर्जिङ खेलाडीले १५ हजार प्राप्त गर्नेछ ।

त्यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरले समान १० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताको उद्घाटन खेल बुधबार कर्णाली क्रिकेट क्लब कालिटो कार सानरेड काठमाडौंबीच बुढानिलकण्ड मैदानमा हुनेछ ।

December 6, 2025

सुदूरपश्चिम विरुद्ध विराटनगर पहिला फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदुरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

Success

Thank you for your time.