9 years ago
April 16, 2017
धनगढी (हाम्रो खेलकुद)– कञ्चनपुर आइकोनिकलेलिग चरणको आफ्नो अन्तिम खेलमा आज सिवाइसी अत्तरियालाई ६ विकेटले हराएसँगै सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) को प्ले-अफमा पुग्ने सम्भावनालाई जीवित राखेको छ । प्ले अफ पुग्न महत्वपूर्ण मानिएको खेल गुमाएपछि ज्ञानेन्द्र मल्लको कप्तानमा रहेको अत्तरिया डिपिएलबाट बाहिरिएको छ । ६ टोलीको सहभागिता रहेको डिपिएलबाट बाहिरिने अत्तरिया पहिलो टोली बनेको छ ।

अत्तरियाको हारपछि काठमाडौं गोल्डेन्स नेट रनरेटको आधारमा प्ले अफमा पुगेको छ । गोल्डेन्स, कञ्चपुर र अत्तरियाको समान ४ अंक छ । रुपन्देही शीर्षस्थानमा रहँदै प्ले अफमा पुगिसकेको छ । रुपन्देहीसँग आज पहिलो खेलमा पराजित भएपछि विराटनगर किङ्स दोस्रो स्थानमा रहँदै प्ले अफ पुगिसकेको छ । कञ्चनपुर र पारस खड्काको कप्तानीमा रहेको धनगढी टिम चौराहामध्ये एउटा प्ले अफमा पुग्ने अन्तिम टोली बन्नेछ । पारसको टोलीले लिगको अन्तिम खेलमा शक्ति गौचनको नेतृत्वमा रहेको अपराजित रुपन्देहीसँग खेल्नेछ । सोमबार हुने खेल जितेमा मात्र पारस टोली अघि बढ्ने सम्भावना रहन्छ । शक्तिको टोलीसँग हारेमा भने टोली स्वतः बाहिरिनेछ ।
अञ्चल प्रहरी कार्यालयको मैदानमा आज भएको दोस्रो खेलमा ८६ रनको लक्ष्य पछ्याएको कञ्चनपुरले १० ओभरमा ४ विकेट गुमाउँदै ९० रन जोडेको थियो । कप्तान विनोद भण्डारीले छक्का प्रहार गर्दै टोलीलाई जित दिलाएका थिए । प्ले अफमा पुग्ने सम्भवाना जीवित राख्न कञ्चनपुरले अत्तरियालाई १३ ओभर भित्र हराउनु पर्ने थियो । तर, टोलीले १० ओभर भित्रै खेल जितेको थियो ।
कञ्चनपुरका लागि ओपनर सागर पुन र सुनिल धमलाले राम्रो सुरुआत दिलाउँदै टोलीको जितको आधार तयार पारेका थिए । सागरले २२, सुनिलले २८, हसिम अन्सारीले २२ र विनोद भण्डारीले अविजित १६ रन बनाएका थिए । अत्तरियाका लागि विनोद लामाले २, ज्ञानेन्द्र कुँवरले १ विकेट लिए ।
टस हारेर ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरको सबै विकेट गुमाएर ८५ रनको झिनो स्कोर बनाएको थियो । टोलीका लागि प्रदीप ऐरी १९, दीलिप नाथले ११, ज्ञानेन्द्र कुँवरले अविजित ११ र सुरेन्द्र चन्दले १० रन बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
कञ्चनपुरका लागि सुनिल धमाला, अभिनाष कर्णले समान ३, सागर पुन, आशिष पोखरेल र चन्द्र साउदले समान १ विकेट लिए ।
कञ्चनपुरका सुनिल धमला खेलेको म्यान अफ दी म्याच घोषित भए ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]