default_image

9 years ago

April 20, 2017

चौराहाको सनसनीपूर्ण फाइनल यात्रा

125 views

0 Bookmark

सुबास हुमागाईं

धनगढी – धनगढि प्रिमिएर लिगको लिग चरणको सुरुवाती तिन खेलसम्म पनि राष्ट्रिय टोलीका कप्तान पारस खड्का सम्मिलित टिम चौराहा धनगढिले कुनै अंक जोड्न सकेको थिएन। लिग चरणको चौथो खेलमा चौराहाले काठमाडौं गोल्डेन्सको सामना गर्यो। जित हात पार्न सकेमा अर्को चरण पुग्ने गणितीय सम्भावना कायमै रहने हुनाले पारसको टोलीलाई ‘गर या मर’को स्थिति थियो। त्यस्तो अवस्थामा कप्तान लगायत पुरै टोलीको प्रदर्शन कमजोर रहँदा टोलीलाई कहिँबाट उत्प्रेरणा चाहिएको अवस्था थियो।

काठमाडौं गोल्डेन्सविरुद्धको खेलमा कप्तान पारस खड्का गोल्डेन डक आउट भएपछि आरीफ शेखले टोलीलाई जिततर्फ डोर्याएका थिए। आरीफले ब्याटिङतर्फ ५८  रन बनाए भने बलिङतर्फ ४-१-१७-३को प्रदर्शन गर्दै ‘म्यान अफ द म्याच’ बने। जितसंगै टोलीमा नयाँ आयाम आयो र प्रतियेगिताको अन्य नतिजाले चौराहाको प्लेअफ चरणमा पुग्ने आशामा थप मजबुत हुँदै गयो। लिग चरणको अन्तिम खेल चौराहा र प्रतियोगितामा अपराजित रहेको रुपन्देहि च्यालेन्जर्सबिच रहेको थियो।

तर चौराहालाई अर्को चरणमा पुग्न रुपन्देहीविरुद्ध जितमात्र काफि थिएन, उसको लागि अत्तरिया र कन्चनपुरको खेलमा कन्चनपुरले जित्नै पर्ने समिकरण पनि थियो। खेल कन्चनपुरले जितेसंगै रन रेटका आधारमा अत्तरिया प्रतियोगिताबाट बाहिरियो। यदि उक्त खेल अत्तरियाले जितेको भए, कन्चनपुर र चौराहा दुवै पहिलो चरणबाटै बिाहिरिन्थे।

प्लेअफमा पुग्न लिग चरणको अन्तिम खेलमा पारसको चौराहाले रुपन्देहिलाई भारी अन्तरले पराजित गरेर कन्चनपुरलाई उछिन्न पर्ने अवस्था थियो। पहिलो ब्याटिङ गरेमा १४-१५ ओभर भित्र जित र दोश्रो ब्याटिङ गरेमा ३०-३५ रनको जित चाहिने प्रारम्भिक गणना पनि थियो ।  उक्त खेलमा चौराहाले रुपन्देहिलाई पहिलो इनिङमा ९१ रनमा समेटेपछि १४.३ ओभरभितर लक्ष्य पछ्याउनु पर्ने समीकरण बाहिर आयो । कप्तान पारस खड्काको उत्कृष्ट पारीसंगै चौराहाले ११ ओभरमै लक्ष्य पछ्याएपछि चौराहा प्लेअफमा छनोट भएको थियो। चौराहाको लागि बलिङमा ‘म्यान अफ द म्याच’ ललित नारायण राजवंशीले ४-२-५-४को प्रदर्शन गरेका थिए भने कप्तान पारसले ४२(२१) रन बनाएका थिए। जितसंगै चौराहाले एलिमिनेटरमा आफ्नो भिडन्त काठमाडौं गोल्डेन्ससंग तय गर्यो।

लिग चरणमा पराजित गरेको गोल्डेन्सलाई चौराहाले एलिमिनेटर पनि पुन: पराजित गर्यो । निर्धारित २० ओभरमा गोल्डेन्सलाई १२३ रनमा रोकेको चौराहाले प्रतियोगिताको सर्वाधिक सफल रन पछ्याउने टोली पनि बन्यो । खेलको १० बल बाँकी रहँदा ६ विकेटको सहज जित दर्ता गरेको चौराहा जित संगै क्वालीफायरमा प्रवेश गर्यो ।

Paras

क्वालिफायरमा चौराहाको भेट पुन: रुपन्देहीसंगै भयो । लिग चरणमा आफ्नो मुख्य खेलाडीलाई विश्राम दिएको रुपन्देही बिराटनगरसंग पहिलो क्वालिफायरमा भोगेको हारलाई बिर्साउन चाहन्थ्यो । टोलीमा परिवर्तन गरेपनि रुपन्देहीको चौराहालाई रोक्ने प्रयास असफल रह्यो । पारस खड्काले प्रतियोगिताकाइ सर्वाधिक व्यक्तिगत स्कोर बनाउँदा चौराहाले १ सय ७२ रनको विशाल योगफल खडा गर्यो। रुपन्देहीका ब्याट्सम्यान चल्न नसकेपछि चौराहाले ९२ रनको विशाल अन्तरले जित हासिल गर्दै प्रतियोगिताको फाइनलमा स्थान बनायो ।

एक समय प्रतियोगिताकै सबैभन्दा कम्जोर आँकिएको टोली फाइनलसम्म आइपुग्दा बलियो रुपमा प्रस्तुत भएको छ । लिग देखि एलिमिनेटर हुँदै फाइनलसम्म आइपुग्दा चौराहाले ७ खेल खेलिसकेको छ । शनिबार हुने आठौँ खेल अन्य खेलभन्दा बढी महत्व बोकेको त हुन्छ नै, यसले चौराहाले लेख्दै आएको अविस्मरणीय यात्रामा सुनौलो अन्त्य लेख्न सक्छ कि सक्दैन, त्यो भने अवश्य रोमाञ्चक हुनेछ ।

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

December 6, 2025

चितवनले पहिला ब्याटिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ। टस जितेर चितवनले पहिले ब्याटिङ रोजेको छ। चितवन र पोखरा दुवै टिम लिग चरणबाट बाहिरिसकेकोले आजको खेलको नतिजाले कुनै असर गर्दैन। त्यसैले यो खेल दुवै टोलीको लागि प्रतिष्ठाको लडाई मात्र हो। चितवन र पोखराको यो सातौं तथा अन्तिम खेल […]

December 6, 2025

सुदूरपश्चिमलाई हराउँदै विराटनगर क्वालिफायर वानमा

काठमाडौं (हाम्रो खेलकुद)- शीर्षस्थानको सुदूरपश्चिम रोयल्सलाई हार चखाउँदै विराटनगर किंग्स नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको क्वालिफायर वानमा पुगेको छ। १ सय ४८ रनको लक्ष्य ११.५ ओभरमा ४ विकेट नोक्सानीमा पूरा गरेको विराटनगरले रन रेटमा काठमाडौं गोर्खाजलाई पछि पार्दै क्वालिफायर वानमा पुगेको हो। विराटनगरले लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमलाई ६ विकेटले हराएको हो। लगातार ६ […]

Success

Thank you for your time.