9 years ago
May 1, 2017
हैदराबाद (हाम्रो खेलकुद) – ओपनर एवं कप्तान डेविड वार्नरले आक्रमक शतक बनाएपछि सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्सलाई ४८ रनले पराजित गर्यो।

पहिलो ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रनको योगफल खडा गरेको थियो। कप्तान वार्नरले ५९ बलमा १२६ रन बनाएका थिए। २० बलमा अर्धशतक बनाएका वार्नरले ४३ बलमा शतक पुरा गरेका थिए। हैदराबादका लागि केन विलियमसनले ४० रन जोडे भने शिखर धवनले २९ रनको योगदान दिए।
जवाफि ब्याटिङमा उत्रिएको कोलकाताले निर्धारित २०ओभर खेल्दै ७ विकेटको नोक्सानीमा १ सय ६१ रन जोड्यो। उसका लागि रोबिन उथाप्पाले २८ बलमा ५३ रन बनाएर खेलमा केहि आशा दिलाएपनि अन्य ब्याट्सम्यान नचल्दा हार व्यहोर्यो। मनिष पाण्डेले २९ बलमा ३९ रन बनाउँदै तेश्रो विकेटका लागि ७८ रनको साझेदारी गर्दै केहि प्रयास भने गरेका थिए।
हैदराबादका लागि मोहम्मद सिराज, सिद्धार्थ कल र भुवनेश्वर कुमारले २/२ विकेट लिए भने रसिद खानले युुसुफ पठानलाई पेभेलियन फर्काएका थिए। खेलको म्यान अफ द म्याच डेविड वार्नर भए।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]