9 years ago
May 2, 2017
पुने (एजेन्सी) – इन्डियन प्रिमियर लिग अन्तर्गत सोमबार भएको खेलमा राइजिङ पुने सुपरजाएन्ट्सले गुजरात लायन्सलाई ५ विकेटले पराजित गरेको छ।

पहिलो ब्याटिङ गरेर गुजरातले १९ ओभर ५ बलमा सबै विकेट गुमेर १ सय ६१ र बनाएको थियो। गुजरातका लागि ओपनरद्वय इशान किसन र ब्रेण्डन मक्कुलमले राम्रो सुरुवात दिलाएका थिए। किसनले २४ बलमा ३१ रन जोडे भने मक्क्कुलमले ५ चौका र २ छक्काको मद्दतले ४ रन बनाए। मध्यक्रममा दिनेश कार्तिकले २९ रन बनाएपछि गुजरातले राम्रो योगफल तयार गरेको थियो। पुनका लागि जयदेव उनद्कट र इमरान ताहिरले ३/३ विकेट लिएका थिए।
जवाफी ब्याटिङमा उत्रिएको पुनेले निकै खराब सुरु गरेको थियो। १० रनको स्थितिमा ३ विकेट गुमाएको पुनेका लागि शीर्ष ४ ब्याट्सम्यानले जम्मा १४ रन जोडेका थिए। मध्यक्रममा बेन स्टोक्सले उत्कृष्ट पारी खेलेपछि पुनको जित सम्भव भएको थियो।
स्टोक्सले ६३ बल खेल्दै अविजित १ सय ३ रन बनाए। उनले ७ चौका र ६ छक्का प्रहार गरेका थिए। उनलाई धोनीले ३३ बलमा २६ बनाएर साथ् दिए। क्रिस्टियनले अन्त्यमा ८ बलमा १७ रन जोडेका थिए। गुजरातका लागि प्रदिप सांगवन र बसिल थम्पीले २/२ विकेट लिए।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]