9 years ago
May 4, 2017
पोखरा(हाम्रो खेलकुद) –बेलायत स्थित ग्लोसेष्टर क्रिकेट क्लवले कास्की जिल्ला क्रिकेट संघलाई सहयोग प्रदान गरेकोे छ । यस क्षेत्रको क्रिकेट विकासका लागि भन्दै उक्त क्लबले कास्की जिल्ला क्रिकेट संघलाई जर्सी प्रदान गरेको छ ।

क्लबले कास्की जिल्ला क्रिकेट संघलाई रोटरी क्लव अफ व्रिस्टोल युकेका पूर्व अध्यक्ष डा. टिम मिचेल मार्फत रोटरी क्लब अफ पोखरा फिस्टेलका पूर्व अध्यक्ष तेज गुरुङलाई सहयोग गर्न जर्सी पठाएको थियो । कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष देवेनशन प्रजु, उपाध्यक्ष देवी प्रसाद गुरुङ क्रिकेटका प्रशिक्षक, खेलाडीलाई संयुक्त रुपमा गुरुङले जर्सी प्रदान गरेका थिए ।
सो अवसरमा संघका अध्यक्ष प्रजुले यस प्रकारको सहयोग क्रिकेट विकासका लागि महत्वपुर्ण रहने बताए । भुतपूर्व खेलाडी मंचका अध्यक्ष समेत रहेका तेज गुरुङले दुवै देशबीचको सदियौं देखि स्थापित सम्बन्ध विकासका लागि यस क्षेत्रको क्रिकेटलाई बेलायत जस्तो क्रिकेटको मातृभुमी संग जोडन सहयोग पुग्ने वताए ।
उनले आगामी दिनमा समेत ग्लोशेष्टर क्लबले सहयोग गर्न सक्ने वताए । विगतमा क्लबले संघलाई खेलकुद सामाग्री सहयोग गरेको थियो ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]