9 years ago
May 9, 2017
हैदराबाद (एजेन्सी) – इण्डियन प्रिमियर लिग अन्तर्गत सोमबार राती भएको खेलमा सनराइजर्स हैदराबादले जित दर्ता गर्दै प्लेअफमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । मुम्बई इन्डियन्सलाई ७ विकेटले हराउँदै हैदराबादले प्ले अफमा पुग्ने सम्भावना बलियो बनाएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट जाँदा १ सय ३८ रन बनाएको थियो । मुम्बईका पार्थिव पटेलले १७ बलमा २३ रन र् कप्तान रोहित शर्माले ४५ बलमा ६७ रन बनाए । हैदराबादका लागि सिद्धार्थ कलले तीन, भुवनेश्वर कुमारले दुई साथै महम्मद नाबी र रसिद खानले एक एक विकेट लिए । अफगानीस्तानका बलरद्वय नाबी र खानले गरेको ८ ओभरमा ३५ रन मात्र खर्चेका थिए ।
जवाफी ब्याटिङमे उत्रेको हैदराबादले १ सय ३९ रनको लक्ष्य १० बल बाँकी छँदै भेट्टायो । हैदरावादका लागि शेखर धवनले दोस्रो विकेटका लागि मोइसस हेनरिकेससँग गरेको ९१ रनको साझेदारी महत्वपूर्ण रह्यो। धवनले ४६ बलमा दुई छक्का र चार चौका गरी ६२ रन बनाए । यस्तै हेनरिकेसले ३५ बलमा ६ चौकाको सहयोगले ४६ रन बनाए । युवराज सिंहले ९ रन बनाए । जितसँगै हैदराबाद अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । मुम्बईका मिचेल मक्क्लिनघन, लसिथ मालिंगा र जसप्रित बुम्राहले एक एक विकेट लिए ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]