9 years ago
May 11, 2017
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) र काठमाडौ क्रिकेट ट्रेनिङ सेन्टरको व्यवस्थापनमा ‘प्रथम प्रधानमन्त्री कप’ एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता आगामी जेठमा हुने भएको छ । सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता जेठ ९ गतेबाट सुरु हुने भएको हो ।

प्रतियोगिताको विजेताले २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार र प्रत्येक लिग खेलमा जित्ने टोलीले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै प्रतियोगिताको म्यान अफ दी सिरिजले एक लाख रुपैया र उत्कृष्ट ब्याट्स्म्यान र बलरले समान ५० – ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
जेठ १४ गतेसम्म चल्ने प्रतियोगितामा पाँच विकास क्षेत्रसहित विभागीय टोलीहरु नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी ८ टिमले प्रतिस्पर्धा गर्ने बिहिबार पत्रकार सम्मेलनबाट आयोजकले जनाएको हो । लिग कम नकाउटका अधरमा हुने प्रतियोगिता किर्तिपुरस्थित त्रिभुवन बिश्वबिध्यालयको टियु क्रिकेट मैदानमा संचालन हुने छ । प्रतियोगितामा सहभागी टोलीलाई दुई समुहमा विभाजन गरिने छ । प्रत्येक समुहको विजेता र उपविजेता सेमिफाइनलमा पुग्ने छन् ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङसंगको खेलको छनोट र तयारीको रुपमा यस प्रतियोगिता आयोजना गरेको राखेपले बताएको छ। यसै प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शनको आधारमा हङकङसँगको लागि खेलाडी चयन गरिने नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले पत्रकार सम्मेलनमा जानकारी दिए । नेपाल र हङकङबीचको खेल आगामी अक्टोबरमा हुने छ ।
प्रतियोगिताको लागि राखेपले २५ लाख छुट्टाएको राखेप सदस्यसचिव केशव कुमार बिष्टले जानकारी दिए । रुस्लान क्रिकेट मुख्य प्रायोजक रहेको प्रतियोगितामा सहभागी हुने टोलीलाई तयारी खर्चको लागि ५० हजार प्रदान गरिने समेत सदस्यसचिव बिष्टले जानकारी दिए । यस्तै सदस्यसचिव बिष्टले नेपालमा पछिल्लो तीन बर्षबाट एक दिवसीय क्रिकेट हुन् नसकेको र क्रिकेट बिकासमा थप टेवा पुगोस भन्ने उदेश्यले प्रतियोगिता योजना गर्न लागेको बताए ।
प्रतियोगिताको लागि मुख्य प्रायोजक रुस्लानले नगद २५ लाखसहित खेल सामग्रीलगायतका समाग्री उपलब्ध गराउने छ भने प्रायोजक सिटिजन बैंक र अनलाइन पार्टनर इसेवाले समान ३ – ३ लाख उपलब्ध गराउने छन् । प्रतियोगिताको व्यवस्थापनको जिम्मा काठमाडौ क्रिकेट ट्रेनिङ सेन्टर र टिकट, खेलाडी दर्ता लगायतको काम ईसेवाले गर्ने छ । यस्तै हस्पिटालिटीको जिम्मा होटल सिभम प्लाजा र होटल मलबेरीलाई दिइएको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]