9 years ago
May 14, 2017
राजकोट (एजेन्सी) – इन्डियन प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा किङ्गस इलेभेन पन्जाबले राइजिङ पुने सुपरजाएन्टससंग ९ विकेटको हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ।

टस जितेर पहिलो फिल्डिङ रोजेको पुनेले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै पन्जाबलाई ७३ रनमा सिमित गर्यो। शार्दुल ठाकुरले ३ विकेट लिए भने जयदेव उनदकट, एडम जाम्पा र ड्यान क्रिस्टियनले २/२ विकेट लिए। पन्जाबका लागि अक्षर पटेलले सर्वाधिक २२ रन बनाए भने रिधिमान साहले १३ रन जोडे। १६औं ओभरमा अलआउट भएको पन्जाबका कप्तान ग्लेन म्याक्सवेल र ओपनर मार्टिन गप्टिल डकआउट भएका थिए।
जवाफी ब्याटिङमा उत्रिएको पुनेले १ विकेट गुमाउँदै १२ ओभरमा लक्ष्य पुरा गर्यो। पुनेका लागि ओपनर राहुल त्रिपाठीले २८ रन बनाए भने अजिङ्क्या रहाने ३४ रनमा अविजित रहे। कप्तान स्टिभ स्मिथले पनि अविजित १५ रन बनाए।
यस नतिजासंगै पुनेले पहिलो क्वालिफाएरमा मुम्बईको सामना गर्ने पक्का भएको छ। एलिमिनेटरमा भने कोलकाता र हैदराबाद भिड्नेछन्।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]