9 years ago
May 18, 2017
बेंगलोर (एजेन्सी) – इन्डियन प्रिमियर लिग अन्तर्गत बिहिबार भएको एलिमिनेटरमा कोलकाता नाइट राइडर्सले साविक विजेता सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको छ। जितसंगै कोलकाताले फाइनल प्रवेशका लागि दोश्रो क्वालिफायरमा मुम्बई इन्डियन्सको सामना गर्ने पक्का भएको छ।

टस जितेर फिल्डिङ रोजेको कोलकाताले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै हैदराबादलाई १ सय २८ रनमा रोकेको थियो। ७ विकेट खसेको हैदराबादका लागि ओपनर डेवि वार्नरले सर्वाधिक ३७ रन बनाएका थिए। केन विलियमसनले २४ र विजय शंकरले २२ रन जोडेपछि हैदराबादको सय रन पुरा भएको थियो। कोलकाताका लागि नाथन कुल्टर नाइलले ३ र उमेश यादवले २ विकेट लिए।
वर्षाका कारण दोश्रो इनिङ समयमै सुरु हुन नसकेपछि कोलकाताले ६ ओभरमा ४८ रनको लक्ष्य प्राप्त गरेको थियो। १२ रनको स्थितिमा ३ विकेट गुमाएको कोलकातालाई कप्तान गौतम गम्भीरले अविजित पारी खेल्दै जित दिलाए। उनले १९ बलमा २ चौका र २ छक्का सहित ३२ रन बनाएका थिए। कोलकाताले ४ बल बाँकी रहँदै जित दर्ता गरेको थियो।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]