9 years ago
May 18, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – देभिवास इभेन्ट्सको आयोजनामा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मारवाडी सुपर ८ क्रिकेट प्रतियोगिता अन्तर्गत सेमिफाइनल पुग्ने टोलीहरुको टुंगो लागेको छ।

समुह ‘ए’ अन्तर्गत दिनको अन्तिम खेलमा आइ-स्टोर वारियार्सले साजनगोठ च्याम्प्सलाई ३९ रनले पराजित गर्दै समुह उपविजेताको रुपमा अर्को चरण प्रवेश गर्यो। समान २ खेल जितेको राइडर्स भने राम्रो रनरेटका कारण शीर्षस्थानमा रहन सफल भयो। राइडर्सले दिनको खेलमा आइ-स्टोरसंग हार व्येहोरेपनि अघिल्लो दिनको २ जितले शीर्षस्थानमा रह्यो।
समूह ‘बि’मा भने प्रतियोगितामा अपराजित रहेको कोचर रेन्जर्स समूह विजेताको रुपमा अर्को चरण प्रवेश गर्यो। कोचरसंग ५ विकेटको हार व्येहोरेको टिप-टप पनि उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ।
प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल शनिबार टि.यु मैदानमा हुनेछ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]