default_image

9 years ago

October 22, 2015

आयरल्याण्डलाई पुन: हराउँदै नेपाल बिश्वकपमा

124 views

0 Bookmark

कार्तिक ५, २०७२

आयरल्याण्डलाई ३ विकेटले पराजित गर्दै नेपाल आगामी वर्ष बंगलादेशमा हुने यू १९ विश्वकपका लागि छनोट भएको छ । यो जितसँगै नेपालले सातौंपटक यू १९ विश्वकप खेल्ने पक्का भएको हो ।

Nepal vs Saudi Arabia ACC u-19

मलेसियाको क्वालालमपुरमा भएको फाइनल खेलमा आयरल्याण्डले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो । आयरल्याण्डले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र १८४ रन बनाउन सक्यो ।

१८५ रनको लक्ष्य पछ्याउन मैदान प्रवेश गरेको नेपाली टोली ७ विकेट गुमाउदै ४६.३ ओवरमा लक्ष पुरा गर्‍यो ।

सुनिल धमलाले ४७ रन बनाए, यस्तै नेपाल नेपालका मध्यक्रमका ब्याट्स्म्यान राजु रिजालले ३५ रनको योगदान दिएका थिए । यस्तै आरिफ शेखले २१ र दिपेन्द्रसिंह ऐरीले २६ रन बनाएका थिए ।

December 14, 2024

उद्घाटन खेलमा भद्रपुर र दमक खेल्ने

हिमाल खरेल, बिर्तामोड दोस्रो संस्करणको बर्खा स्मृति झापा जिल्ला अन्तरपालिका टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भद्रपुर नगरपालिका र दमक नगरपालिकाले खेल्ने भएका छन् । आज प्रतिष्ठानको कार्यालय बुधबारेमा भएको पत्रकार सम्मेलनमार्फत खेल तालिका सार्वजनिक गरिएको छ । प्रतियोगितामा सहभागी झापाका १५ वटै पालिकाका प्रतिनधिबीच टाइसिट ड्र गरिएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले जानकारी दिए । […]

December 14, 2024

एनपिएल प्लेअफ -३ स्थानका लागि ४ टोलीको भिडन्त

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणका अब ३ खेल बाँकी रहेको छ । आइतवार २ तथा सोमवार १ खेलसँगै एनपिएलको पहिलो संस्करणको लिग चरणका खेल सकिनेछ । बाँकी ३ मात्र खेलको नतिजाले प्लेअफमा पुग्ने ३ टोलीको‌ टुंगो लाग्नेछ। त्यसका लागि दौडमा ४ टोली छन् । जनकपुर बोल्ट्सले प्ले अफमा […]

December 14, 2024

जनकपुर पराजित हुँदा पोखरा र विराटनगर एनपिएलबाट बाहिर

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्स पराजित हुँदा विराटनगर किंग्स तथा पोखरा एभेन्जर्स प्रतियोगिताबाट बाहिरिएका छन् । शनिवारको दोस्रो खेलमा चितवनले जनकपुरमाथि ३२ रनको जित हासिल गरेको हो । जितसँगै चितवनले प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ । चितवनको जितपछि पोखरा र विराटनगर प्रतियोगिताबाट बाहिरिएका हुन् । चौथो स्थानमा रहेको […]

Success

Thank you for your time.