9 years ago
May 22, 2017
काठमाडौं (हाम्रो खेलकुद) – सर्वाधिक पुरस्कार राशिको प्रथम प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ । आयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप) र काठमाडौ क्रिकेट ट्रेनिङ सेन्टरले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको हो ।

प्रतियोगितामा सहभागी आठ टिमलाई दुई समुहमा विभाजन गरिएको छ ।समूह ‘ए’ मा नेपाल एपिएफ क्लब, मध्यमाञ्चल बिकास श्रेत्र, मध्यपश्चिमाञ्चल बिकास क्षेत्र र पश्चिमाञ्चल बिकास क्षेत्र रहेका छन् यस्तै समूह ‘बी’ मा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, पूर्वाञ्चल बिकास क्षेत्र र सुदुरपश्चिमाञ्चल बिकास क्षेत्र रहेका छन् । प्रतियोगिताको सोमबार नै खेल तालिका सार्वजनिक गरिएको थियो । जस अनुसार प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र पूर्वाञ्चलले प्रतिस्पर्धा गर्नेछ ।
एक दिवसीय ढाँचामा हुने प्रतियोगिता जेठ २४ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लिग कम नकआउटका आधारमा चल्नेछ । प्रत्येक समुहको विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन् । यसै प्रतियोगिताबाट विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङसंगको खेलको लागि खेलाडी छनोट हुनेछ । नेपाल र हङकङबीचको खेल आगामी अक्टोबरमा हुने छ । पत्रकार सम्मेलनमा सुदुर पश्चिमाञ्चलका कप्तान सरेन्द्र चन्दले तीनवर्षपछि घरेलु भुमिमा एक दिवसीय क्रिकेट खेल्न पाउदा खुशी लागेको बताउदै आगामी दिनहरुमा एक दिवसीय खेलहरु खेल्ने अवसर सिर्जना भइरहेको भन्ने सुझाव दिए ।
यस्तै त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले विश्व क्रिकेट लिग च्याम्पियनसिप नजिकिदै गर्दा तीन वर्षपछि घरेलु भुमिमा एक दिवसीय क्रिकेट खेलन पाउदा यो प्रतियोगिता विश्व क्रिकेट लिग च्याम्पियनसिपकै लागि केन्द्रित गराएर खेल्ने बताए । मध्यपश्चिमका कप्तान सुवेन्दु पाण्डेले यस्ता खालका प्रतियोगिताले नयाँ खेलाडीहरु उत्पादन हुने बताए । यस्तै पुलिसका कप्तान मञ्जित श्रेष्ठले लामो समयपछि ५० ओभरको खेल घरेलु भुमिमा आयोजना हुदा यसले नेपाल्ी क्रिकेटलाई अझै माथि लैजाने बताए । मध्यमाञ्चलका कप्तान शरद भेषवाकरले ठुलो धनराशीको ठुलो प्रतियोगिताले नेपाली क्रिकेटलाई खुशी दिलाएको र सकेसम्म प्रतियोगिता जित्नकै लागि खेल्ने बताए । नेपाल एपिएफका कप्तान ज्ञानेन्द्र मल्लले नेपाली क्रिकेट एम्योच्योरबाट फ्रोफेसनलतिर अघि बढेको बताउदै यो प्रतियोगिताले नेपाली क्रिकेटको नयाँ बाटो कोरिने बताए ।
प्रतियोगिताको विजेताले २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार र प्रत्येक लिग खेलमा जित्ने टोलीले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै प्रतियोगिताको म्यान अफ दी सिरिजले एक लाख रुपैया र उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५०–५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगितालाई रुस्लानले मुख्य प्रायोजन गरेको छ । सह–प्रायोजकमा सिटिजन बैंक र अनलाइन पार्टनर इ–सेवाले गरेको छ । यस्तै हस्पिटालिटीको जिम्मा होटल सिभम प्लाजा र होटल मलबेरीलाई छ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]