default_image

9 years ago

June 1, 2017

आयोजक इङ्ल्याण्डको विजयी सुरुवात

136 views

0 Bookmark

एजेन्सी – आइसीसी च्याम्पियन्स ट्रफी २०१७ अन्तर्गत बिहिबार भएको उद्घाटन खेलमा आयोजक टोली इङ्ल्याण्डले बंगलादेशले ८ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

टस जितेर फिल्डीङ रोजेको इङल्याण्डले राम्रो सुरुवात पाउन सकेको थिएन। ओपनर तमिम इकबालले शतकिय पारी खेलेपछि बंगलादेशले निर्धारित ५० ओभर ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा ३ सय ५ रन जोडेको थियो। इक्बालले १ सय ४२ बल खेल्दै १२ चौका र ३ छक्काको मद्दतले १ सय २८ रन बनाएका थिए। उनले ७९ रन जोडेका मुशफिकर रहिमसँग तेश्रो विकेटका लागि १ सय ६६ रनको साझेदारी गरेपछि बंगलादेशले बलियो स्कोर बनाएको थियो।

बंगलादेशका लागि ओपनर सौम्य सरकारले २८, सब्बिर रहमानले २४, इम्रुल केयसले १९ र शकिब अल हसनले १० रन बनाएका थिए। इङ्ल्याण्डका लागि लियाम प्लंकेटले ४ विकेट लिएका थिए भने जेक बल र बेन स्टोक्सको नाममा १/१ विकेट रह्यो।

जवाफी ब्याटिङमा उत्रिएको इङल्याण्डले सुरुवातमै ओपनर जेसन रोयलाई १ रनको स्थितिमा गुमाएको थियो। त्यसपछि तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका जो रुट र एलेक्स हेल्सले दोश्रो विकेटका लागि १ सय ५९ रनको साझेदारी गरेका थिए।  ९५ रनको स्थितिमा लामो सट प्रहार गर्ने धुनमा हेल्स क्याचआउट भएका थिए। त्यसपछि ब्याटिङ गर्न आएका कप्तान ओइन मोर्गनले रुटसँग मिलेर अविजित १ सय ४३ रनको साझेदारी गर्दै टोलीलाई जितसम्म पुर्याएका थिए।

रुटले १ सय २९ बलको सामना गर्दै ११ चौका र १ छक्काको मद्दतले अविजित १ सय ३३ रन जोडे। कप्तान मोर्गनले पनि ६१ बम अविजित ७५ रन बनाए। बंगलादेशका लागि कप्तान मोर्ताजा र सब्बिर रहमानले विकेट लिएका थिए। इङगल्याण्डले १६ बल बाँकी छंदा २ विकेट गुमेर लक्ष्य प्राप्त गरेको थियो।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.