default_image

9 years ago

June 3, 2017

अष्ट्रेलिया र न्युजील्याण्डको खेल वर्षाले रद्द

170 views

0 Bookmark

एजेन्सी – आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत समूह ‘ए’को लिग चरणको खेलमा वर्षा बाधक बनेपछि अष्ट्रेलिया र न्युजील्याण्डले अंक बाँडेका छन्। न्युजिल्याण्डले खेलमा केहि बलियो पकड बनाएको अवस्थामा पानी परेपछि खेल सुचारु हुन सकेन र दुवै टोली अंक गुमाउन बाध्य भए।

टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको न्युजील्याण्डले ४५ ओभरमा २ सय ९१ रन जोड्दै अलआउट भएको थियो उसका लागि कप्तान केन विलियमसनले शतक बनाएका थिए। तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका विलियमसनले ९७ बलमा ८ चौका र ३ छक्काको मद्दतले १ सय रन जोडेका थिए। उनलाई ओपनर लुक रोंचीले ६५ रन र रस टेलरले ४६ रङ बनाएर साथ दिएका थिए। माथिल्लो श्रेणीका ब्याट्सम्यानले राम्रो सुरुवात गरेपनि तल्लो श्रेणीका ब्याट्सम्यान सस्तैमा आउट भएपछि न्युजील्याण्डले राम्रो अन्त्य गर्न सकेन। उसले ३७ रनको अन्तरमा अन्तिम ७ विकेट गुमाएको थियो।

पहिलो पारीको १०औं ओभरमा बर्षाले खेलरोकेपछि खेल ४६ ओभरमा छोट्याइएको थियो अष्ट्रेलियाका लागि जोस हेजलवुडले ९ ओभरमा ५२ रङ खर्चदै ६ विकेट लिए। जोन हेस्टिङ्सले २ विकेट लिए भने प्याट कमिन्सको नाममा १ विकेट रह्यो।

जवाफी ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले पुन: वर्षाका कारण खेल रोकिएपछि ३३ ओभरमा २ सय ३५ रनको लक्ष्य पाएको थियो। ओपनर डेविड वार्नरलाइ १८ रनमा गुमाएको अष्ट्रेलियाले राम्रो सुरुवात पाउन सकेन। लगत्तै अर्को ओभरमा आरोन फिन्च ८ रनको स्थितिमा आउट भएपछि अष्ट्रेलिया संकटमा परेको थियो। खेलको नवौं ओभरमा मोसेस हेनरिकेस आउट भएसँगै वर्षा सुरु भएपछि खेल रोकिएको थियो।

तर त्यसपछि वर्ष रोकिएन र खेलमा दुवै टोलीले १/१ अंक बाँडेका थिए

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.