default_image

9 years ago

June 4, 2017

दक्षिण अफ्रीकाको विजयी सुरुवात

146 views

0 Bookmark

एजेन्सी – ब्याटिङमा ओपनर हसिम अमला र बलिङमा स्पिनर इमरान ताहिर चम्किएसँगै दक्षिण अफ्रीकाले इङ्ल्याण्डमा जारी आइसीसी च्याम्पियन्स ट्रफी २०१७मा श्रीलंकालाई ९६ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रीकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ९९ रनको योगफल खडा गर्यो। ओपनर क्विन्टन डे कक् २३ रन बनाउँदै पेभेलियन फर्किएपछि ओपनर हसिम अमला र फाफ डु प्लेसिसले दोश्रो विकेटका लागि १ सय ४५ रनको साझेदारी गरेर टोलीलाई सुदृढ सुरुवात दिलाएका थिए। अमलाले १ सय १५ बल खेल्दै ५ चौका र २ छक्काको मद्दतले १ सय ३ रन जोडे। उनलाई साथ् दिएका डु प्लेसिसले ७० बलमा ६ चौका प्रहार गर्दै ७५ रन बनाए।

तल्लोक्रममा ब्याटिङ गर्न आएका जेपी ड्युमिनीले २० बलमा ३८ रन जोडेर टोलीलाई राम्रो अन्त्य दिएका थिए। श्रीलंकाका लागि नुवान प्रदिपले २ तथा सुरङ्गा लकमल र सेकुगे प्रसन्नले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको श्रीलंकाले राम्रो सुरुवात पाएपनि त्यसलाई निरन्तरता दिन नसक्दा हार व्येहोर्नुपर्यो। एक समय ११६/२को स्थितिमा रहेको श्रीलंका ४२औं ओभरमा मात्र २ सय ३ रन बनाएर अलआउट भएको थियो। उसका लागि ओपनर उपल थरंगाले ५७ रन बनाए भने अर्का ओपनर डिकवेलाले ४१ रनको योगदान दिए। मध्यक्रममा कुसल परेराले अविजित ४४ रन जोडेर पारीलाइ सम्हाल्ने प्रयास गरेपनि राम्रो साथ नपाउँदा श्रीलंका अलआउट हुन पुगेको थियो।

दक्षिण अफ्रीकाका लागि स्पिनर इमरान ताहिरले २७ रन खर्चेर ४ विकेट लिएका थिए। उनि खेलको ‘म्यान अफ द म्याच’ घोषित भए। क्रिस मोरिसले २ विकेट लिंदा मोर्ने मोर्केल र कागीसो रबाडाको नाममा १/१ विकेट रह्यो।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.