9 years ago
June 4, 2017
एजेन्सी – इङ्ल्याण्डमा जारी आइसीसी च्याम्पियन्स लिग अन्तर्गत आइतबार हुने खेलमा दक्षिण एसियाका दुई ठुला टोली भारत र पाकिस्तान भिड्दै छन्। प्रतियोगिताको पहिलो खेलमा विजयी सुरुवात गर्न आतुर यी दुई टोलीको खेल नेपाली समयानुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ।

आफ्नो पछिल्लो ५ खेलमध्ये ३ खेलमा जित हात पारेको भारत प्रतियोगिताको उपाधिको दावेदार टोलीमध्य एक बलियो टोली हो। कप्तान विराट कोहलीको नेतृत्वमा रहेको टोलीलाई क्रिकेट विश्लेषकहरुले विशेष टोली रहेको संज्ञा दिएका छन्। भारतलाइ खेलअघि खेलाडी छनोटमा भने केहि समस्या हुने देखिन्छ। भारतले उमेश यादव, भुवानेश्वोर कुमार, मोहमद शामी र जस्प्रित बुमराहमध्य एक खेलाडीलाई विश्राम दिनुपर्ने हुन्छ।
यसैगरी पाकिस्तानमा पनि बलर छनोटमा केहि समस्या आउन सक्छ। पेस बलरलाई सहयोग पुग्ने पीच भएकाले पाकिस्तानले स्पिनर शादाब खानलाई विश्राम दिन सक्ने सम्भावना छ। जुनेद खान र वाहब रियाजमध्ये १ खेलाडीले सुरुवाती एघारमा स्थान पाउने छैनन्।
खेलअघि पाकिस्तानका कप्तान सरफराज अहमदले यस खेलमा राम्रो खेल्ने खेलाडी एक नायकका रुपमा परिचित हुने प्रतिक्रिया दिए। भारतका कप्तान विराट कोहलीले भने यो खेल अन्य खेलजस्तै रहेको र टोलीले सदाझैं जितकै लागि खेल्ने प्रतिक्रिया दिए।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]