9 years ago
June 7, 2017
एजेन्सी – आइसीसी च्याम्पियन्स ट्रफि अन्तर्गत मंगलबार भएको खेलमा न्यूजिल्याण्डलाई ८७ रनले पराजित गर्दै आयोजक राष्ट्र इङ्ल्याण्ड प्रतियोगिताको सेमिफाइनलमा पुग्ने पक्का भएको छ।

पहिलो ब्याटिङ गरेको इङ्ल्याण्डले ४९.३ ओभरमा अलआउट हुनुअघि ३ सय १० रनको विशाल योगफल खडा गरेको थियो। ओपनर एलेक्स हेल्सले ५६ रन तथा जो रुटले ६४ रन बनाएपछि घरेलु टोलीले राम्रो सुरुवात लिएको थियो। मध्यक्रममा बेन स्टोक्सले ४८ रन तथा जोश बटलरले ६१ रन जोड्दै पारीलाई अगाडी बढाएका थिए।
न्यूजिल्याण्डका लागि एडम मिल्न र कोरी एन्डरसनले ३/३ विकेट लिएका थिए। यसैगरी टिम साउथिले २ तथा ट्रेन्ट बोल्ट र मिचेल सान्टनरले १/१ विकेट बाँडेका थिए।
जवाफी ब्याटिङमा उत्रिएको न्यूजिल्याण्डका लागि कप्तान केन विलियमसनले ८७ रनको उत्कृष्ट पारी खेलेपनि टोलीलाई जिततर्फ पुर्याउन सकेनन्। रस टेलरले ३९ र मार्टिन गुप्टिलले २७ रन बनाउनबाहेक अन्य ब्याट्सम्यानले राम्रो योगदान द्न सकेनन्।
विलियमसन आउट भएपछि न्यूजिल्याण्डले ६५रनको अन्तरमा अन्तिम ८ विकेट गुमाएको थियो। लियाम प्लङ्केटले ४ विकेट लिएका थिए भने जेक बल र आदिल रशिदले २/२ विकेट लिए। मार्क वुड र बेन स्टोक्सको नाममा पनि १/१ विकेट रह्यो।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]