8 years ago
June 9, 2017
एजेन्सी – आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत बिहिबारको खेलमा श्रीलंकाले प्रतियोगिता इतिहासकै सबैभन्दा ठूलो लक्ष्य पछ्याउँदै भारतमाथि ७ विकेटको जित रचेको छ।

३ सय २२ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ८ बल बाँकी छँदै लक्ष्य पुरा गरेको थियो। दोश्रो विकेटका लागि दनुस्का गुनथिलका र कुसल मेन्डिसले १ सय ५९ रनको साझेदारी गरेपछि श्रीलंका जिततर्फ अग्रसर भएको थियो। रनआउट हुनुअघि दुवै ब्याट्सम्यानलो अर्धशतक पुरा गरेका थिए। गुनथिलकाले ७२ बलमा ७६ रन जोडे भने मेन्डिसले ९३ बलमा ८९ रन बनाएका थिए।
कुशल परेरा ४४ बलमा ४७ रन जोड्दै रिटायर्ड हर्ट भएका थिए भने कप्तान एन्जेलो म्याथ्युज ५२ रनमा अविजित रहे। असेला गुणरत्नेले २ चौका र २ छक्काको मद्दतले २१ बलमा अविजित ३४ रनको महयत्त्वपूर्ण पारी खेले। भारतका लागि भुवनेश्वर कुमारले १ विकेट लिएका थिए।
पहिलो ब्याटिङ गरेको भारतले ओपनर शिखर धवनको शतकको मद्दतले ३ सय २१ रनको विशाल योगफल तयार पारेको थियो। धवनले ७८ रन बनाएका रोहित शर्मासँग मिलेर १३८ रनको साझेदारी गरेका थिए। विराट कोहली शून्यमा पेभेलियन फर्कँदा युवराज सिंहले ७ रनमात्र जोड्न सके। महेन्द्र सिंह धोनीले ५२ बलमा ६३ रनको आक्रमक पारी खेलेका थिए।
मालिङ्गाको बलमा क्याच आउट हुनुअघि धवनले १ सय २८ बलमा १ सय २५ रन जोडे। उनले १५ चौका र १ छक्का प्रहार गरेका थिए। यो भारतको प्रतियोगितामा पहिलो हार हो भने श्रीलंकाले पहिलो जित दर्ता गरेको छ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]