8 years ago
June 11, 2017
एजेन्सी – बेन स्टोक्स र कप्तान ओइन मोर्गनको उत्कृष्ट साझेदारीको मद्दतले च्याम्पियन्स ट्रफी अन्तर्गत समूह’ए’को अन्तिम खेलमा इङल्याण्डले अष्ट्रेलियालाई ४० रनले पराजित गरेको छ। यस हारसँगै अष्ट्रेलिया प्रतियोगिताबाट बाहिरिएको छ भने इङल्याण्ड शत प्रतिशत जित दर्ता गर्दै सेमिफाइनलमा पुगेको छ।

शीर्ष ३ ब्याट्सम्यान चल्न नसकेको घरेलु टोलीका लागि कप्तान मोर्गन र स्टोक्सले चौथो विकेटका लागि १ सय ५९ रनको साझेदारी गरेका थिए। मोर्गनले ८१ बलमा ८७ रन बनाए भने स्टोक्स १ सय ९ बलमा १ सय २ रङ बनाउँदै अविजित रहे। जोस बटलरले अविजित २९ रङ बनाउँदा शशीर्ष क्रमका रोय (४), हेल्स (०) र रुट (१५)ले निराश पारे।
इङल्याण्डले ४०.२ ओभरमा २ सय ४० रनको अवस्थामा ब्याटिङ गर्दा पानी परेपछि खेल रोकिएको थियो। थप खेल सम्भव नभएपछी दक्वर्थ लेविस पद्दतिका अनुसार इङल्याण्ड ४० रनले विजयी भएको हो। अष्ट्रेलियाका लागि हेजलवुडले २ विकेट र स्टार्कले १ विकेट लिएका थिए।
यसअघि अष्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ७७ रनको योगफल खडा गरेको थियो। ट्राभिस हेडले अविजित ७१ रन जोडेपछि अष्ट्रेलियाले राम्रो स्कोर तयार पारेको थियो। त्यसअघि स्टिभ स्मिथ र आरोन फिंचले दोश्रो विकेटका लागि ९६ रनको साझेदारी गरेका थिए। फिंचले बलमा ६८ रन बनाउँदा स्मिथले रन जोडे। ओपनर वार्नर (२१), हेनरिकेस (१७) र म्याक्सवेल (२०)ले ठुलो स्कोर बनाउन सकेनन।
इङल्याण्डका लागि मार्क वुड र आदील रशिदले ४/४ विकेट लिए भने बेन स्टोक्सले फिंचको विकेट लिएका थिए।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]