8 years ago
June 11, 2017
एजेन्सी – आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत शनिबार भएको खेलमा घरेलु टोली इङल्याण्डले अष्ट्रेलियालाई पराजित गरेसँगै बंगलादेश सेमिफाइनलमा प्रवेश गरेको छ।

समूह ‘ए’को अंक तालिकामा शीर्ष स्थानमा रहेको इङल्याण्डले शत प्रतिशत जित हात पार्दै ३ खेलमा ६ अंक जोडेको छ भने ३ खेलमा १ जित, १ हार र १ बराबरी सहित ३ अंक बोकेको बंगलादेश दोश्रो चरणमा पुगेको छ। अष्ट्रेलियाको पहिलो २ खेल वर्षाका कारण सम्भव नभएपछि उसले न्युजील्याण्ड र बंगलादेशसँग अंक बाँडेको थियो।
शनिबार भएको खेलमा पनि वर्षा बाधक बनेपछि डकवर्थ लेविस नियमबाट नतिजा निकालिएको थियो। अष्ट्रेलियाले यस प्रतियोगितामा कुनै खेलमा पनि पूर्ण रुपमा खेल्न पाएन।
बंगलादेशले सेमिफाइनलमा भारत र दक्षिण अफ्रीका बिचको खेलको विजेतासँग खेल्नेछ भने इङल्याण्डले श्रीलंका र पाकिस्तान बिचको खेलको विजेतासँग खेल्नेछ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]