default_image

8 years ago

June 18, 2017

भारत र पाकिस्तान उपाधिका लागि भिड्दै

126 views

0 Bookmark

एजेन्सी – आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आइतबर हुने फाइनल खेलमा दक्षिण एसियाली प्रतिद्वन्द्वी भारत र पाकिस्तान उपाधिको लागि आमने सामने हुँदैछन्।

समान ३/३ जित हात परेर फाइनलसम्म आइपुगेका दुई टोलीले सेमिफाइनलमा सहज जित दर्ता गरेका थिए। समूह चरणमा पाकिस्तान र दक्षिण अफ्रिकालाई पराजित गरेर सेमिफाइनल आइपुगेको भारतले फाइनल पुग्न बंगलादेशलाई ९ विकेटले पराजित गरेको थियो। कप्तान विराट कोहलीले ४ पारीमा २ सय ५३को औसतले रन जोडेका छन्।

यस प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानलाई १ सय २४ रनले पराजित गरेको भारतले पछिल्ला ७ खेलमा पाकिस्तानलाई हराएको छ। पाकिस्तानले सेमिफाइनलमा आयोजक इङल्याण्डलाई ८ विकेटले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो। उसले समूह चरणमा दक्षिण अफ्रीका र श्रीलंकालाई पराजित गरेको थियो। चोटका कारण पछिल्लो खेल गुमाएका पाकिस्तानी बलर मोहमद आमिर फाइनलका लागि फिट भएका छन्।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.