default_image

8 years ago

June 21, 2017

कोहलीसँग खटपट बढेपछि कुम्बलेद्वारा प्रशिक्षकबाट राजिनामा

116 views

0 Bookmark

एजेन्सी – भारतीय राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक अनिल कुम्बलेले कप्तान विराट कोहलीसँग असमझदारी बढ्दै गएपछि राजिनामा दिएका छन्। भर्खरै सम्पन्न आइसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तैनसँग लज्जासप्द हार व्यहोर्नुलाई पनि एक कारणको रुपमा हेरिएको छ।

कुम्बले र कोहलीबिच लामो समयदेखि मतभिन्नता रहँदै आएको भनिएपनि दुवैले त्यसको खण्डन गर्दै आएका थिए। तर कुम्बलेले आफ्नो राजिनामा दिंदै सबै बिर्सेर अगाडी बढ्नु उत्तम निर्णय हुने बताए। कोहलीले कुम्बलेको प्रशिक्षणमा केहि कमजोरी रहेको बताउँदै आएका थिए। त्यसै अनुरुप भारतीय क्रिकेट बोर्डले मे महिनामा नयाँ प्रशिक्षकको लागि खुला आवेदन दिएको थियो।

कुम्बलेको प्रशिक्षण कालमा भारतले खेलेको १७ टेष्टमध्ये १२ जित, ४ बराबरी र १ हार व्यहोरेको थियो। उनले भारतलाई २ एकदिवसीय श्रृंखलामा पनि जित दिलाए। इङ्ग्ल्याण्ड र न्युजिल्याण्डसँगको श्रृंखला सहजै भारतले जितेको थियो।

भारतले आगामी शुक्रबारदेखि वेष्ट इन्डिजको सामना गर्दैछ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.