default_image

8 years ago

June 22, 2017

अफगानिस्तान र आयरल्याण्डलाई टेष्ट मान्यता

182 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले आयरल्याण्ड र अफगानिस्तानलाई पूर्ण सदस्यता दिंदै टेष्ट खेल्ने ११औं र १२औं राष्ट्र बनाएको छ। आयरल्याण्ड र अफगानिस्तानले आइसीसी समक्ष ‘एसोएसियट सदस्य’बाट बढुवा हुन आवेदन दिएसँगै आज भएको आइसीसी बोर्ड बैठकले सो निर्णय पारित गरेको हो।

आयरल्याण्डले सन् २००५मा ओडीआइ मान्यता प्राप्त गरेको थियो भने अफगानिस्तानले पहिलोपटक सन् २००९मा उक्त मान्यता प्राप्त गरेको थियो। आइसीसीको बोर्डले दुवै देशको अन्तर्राष्ट्रिय प्रदर्शन मात्र नहेरेर उनिहरुको घरेलु क्रिकेटको संयन्त्र र विकासलाई ध्यान दिंदै टेष्ट मान्यता दिएको हो। हाल दुवै राष्ट्रले दुइदिवसीय क्रिकेट प्रतियोगिताहरु आयोजना गरेका छन् र तिनले आइसीसीको फर्स्ट क्लास मान्यता पाएको छ।

भर्खरै सम्पन्न एकदिवसीय सिरिजमा वेष्ट इन्डिजसँग बराबरी गरेको अफगानिस्तानले विगतमा जिम्बाब्वेलाई एकदिवसीय र टि२० सिरिजमा पराजित गरेको थियो। सन् २०१६को टि२० विश्वकपमा उपाधि विजेता वेष्ट इन्डिजलाई पराजित गरेपछि अफगानिस्तानको चर्चा चुलिएको थियो।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.