8 years ago
June 24, 2017
एजेन्सी – इङ्गल्याण्ड र दक्षिण अफ्रीकाबीच जारि टि२० शृंखलाको दोश्रो खेलमा पाहुना टोली दक्षिण अफ्रीकाले ३ रनको जित हासिल गरेको छ। जितसँगै ३ खेलको शृंखला १-१को बराबरी भएको छ।

पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रीकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७४ रन जोडेको थियो। कप्तान एबी डे भिलियर्सले २० बलमा ४ चौका र ३ छक्काको मद्दतले सर्वाधिक ४६ रन जोडेका थिए। ओपनर स्मट्सले ४५ र बहारडीनले ३२ रनको योगदान दिएका थिए। इङ्गल्याण्डका लागि टम करानले ३ विकेट लिएका थिए।
जवाफी ब्याटिङमा उत्रिएको इङ्गल्याण्डले २० ओभर खेल्दै ६ विकेटको नोक्सानीमा १ सय ७१ रनमात्र जोड्न सक्यो। ओपनर जेसन रोय ६७ रन जोड्दै अब्सट्रक्टिङ द फिल्ड आउट भएका थिए। जेमी बेर्स्टोले ४७ रनको योगदान दिएका थिए। दक्षिण अफ्रीकाका लागि क्रिस मोरिसले २ विकेट लिए। म्यान अफ द म्याच बनेका मोरिसले ४ ओभरमा १८ रनमात्र खर्चेका थिए।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]