8 years ago
June 26, 2017
कार्डिफ (एजेन्सी)– निर्णायक खेलमा दक्षिण अफ्रिकालाई १९ रनले हराउँदै इङ्ल्यान्डले टि ट्वान्टी क्रिकेट श्रृखंला जितेको छ । तीन खेलको श्रृखंला इङ्ल्यान्डले २–१ ले जितेको हो । यसअघि पहिलो खेलमा इङ्ल्यान्ड र दोस्रोमा दक्षिण अफ्रिका विजयी भएको थियो ।

उपाधिका साथ इङ्ल्यान्ड क्रिकेट टोली ।
दक्षिण अफ्रिकाले आइतबार टस जितेर इङ्ल्यान्डलाई ब्याटिङको निम्तो दिएको थियो । इङ्ल्यान्डले डाविड मालानको अर्धशतकसँगै ८ विकेटको क्षतिमा १ सय ८१ रन बनायो । जवाफमा दक्षिण अफ्रिकाले ७ विकेटको नोक्सानीमा १ सय ६२ रन मात्र जोड्न सक्यो ।
दक्षिण अफ्रिकालाई लक्ष्यमा पुग्नबाट रोक्न क्रिस जोर्डनले ३, टोम कुरानले २ तथा लिम प्लुङकेट र मासोन क्रानेले समान १ विकेट लिए । दक्षिण अफ्रिकाका लागि मान्गोलासियो मोसेलले ३६, कप्तान एबि डि भिलियर्सले ३५, ओपनर जेज स्मोट्सले २९ र एन्डिले फेलुक्वायोले अविजित २७ रन बनाए । अन्य खेलाडीले दोहो दोहोरो अंकमा रन बनाउन सकेनन् ।
त्यसअघि मालानले ‘डेब्यू’लाई स्मरणिय बनाउने क्रममा उच्च प्रदर्शन गरे । ४४ बल खेलेका मालानले १२ चौकाको मद्दतमा ७८ रन बनाए । ओपनर एलेक्स हाल्सले ३६,जोस बट्लरले ३२ र साम विलिङ्सले १२ रन जोडे । अन्य कुनै पनि ब्याट्सम्यान दोहोरो अंकमा पुग्न सकेनन् ।
दक्षिण अफ्रिकी बल डाने पाटर्सनले ४ फेलुक्वायोले २ तथा मार्ने मोर्केल र इमरान ताहिरले समान १ विकेट लिए । मालान म्यान अफ दी म्याच घोषित भए । इङ्ल्यान्ड र दक्षिण अफ्रिकाबीचको चार टेस्टको श्रृखंलाको पहिलो टेस्ट जुलाई ६ मा लर्डमा सुरु हुनेछ ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदुरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]