default_image

8 years ago

June 28, 2017

भिभो २०२२ सम्म आइपिएलको मुख्य प्रायोजक

152 views

0 Bookmark

मुम्बई(एजेन्सी) – अघिल्लो सम्झौता भन्दा ४ गुणा बढी रकममा बोली जित्दै चाइनिज मोबाइल ब्राण्ड कम्पनी भिभोले सन् २०२२ सम्मको आइपिएलमा आफ्नो नाम जोड्ने भएको छ।

vivo

सन् २०१२मा पेप्सीले ५ बर्षे सम्झौता गरेपनि २ बर्ष बित्दै तोडेपछि भिभोदुइ वर्षकालागि आइपिएलसँग जोडिएको थियो। करिब १०० करोड भारतीय रुपैया प्रति वर्षको सम्झौतालाई चार गुणा भन्दा धेरै बढाउदै भिभोले २०१८ देखि २०२२ सम्म प्रति वर्ष ४३९.८ करोडको बोलीले जितेको हो ।

सन् २००८ मा सुरु भएको आइपिएललाई भारतको रियल इस्टेट कम्पनि डीएलएफले चार वर्ष प्रतिवर्ष ४० करोड भारुमा प्रायोजन गरेको थियो । त्यसपछि पेप्सी आइपिएल नाम दिनलाई पेप्सीले प्रतिवर्ष ७९.२ करोड तिर्ने शर्तमा ५ बर्षे सम्झौता गरेपनि २ बर्षमा उक्त सम्झौता तोडेको थियो ।

पछिल्लो पटक भन्दा कम्तिमा १५ प्रतिशत धेरै तोकिएको ‘बेस प्राइस’ भन्दा धेरै बढीमा आइपिएलको नामकरण अधिकार भिभोले खरिद गरेको हो । भिभोको प्रतिस्पर्धामा भारतीय क्रिकेट टोलीलाई प्रायोजन गरेको ओप्पो मोबाइल फोनको ब्राण्डले बोली लगाएको थियो । ओप्पोले पाच वर्षमा १ हजार ४ सय ३० करोडको बोली लगाएको थियो । भिभोले भने ५ वर्षको लागी कुल २ हजार १ सय ९९ करोडको बोली लगाएको हो। यो बोली पछिल्लो पटक तिरिएको रकम भन्दा ५ सय ५४ प्रतिशतले वृद्धि भएको छ। ओप्पो र भिभो बाहेक जियोमी र इन्टेक्सले सम्झौतामा चासो देखाएपनि कुनै आधिकारिक बोलि भने लगाएनन ।

प्रायोजक समय अवधि प्रायोजन रकम (प्रति वर्ष)
डीएलएफ २००८-१२ ४० करोड भारु
पेप्सी २०१३-१५ ७९.२ करोड भारु
भिभो २०१६-१७ १०० करोड भारु
भिभो २०१८-२२ ४३९.८ करोड भारु

December 6, 2025

सुदूरपश्चिम विरुद्ध विराटनगर पहिला फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदुरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

Success

Thank you for your time.