8 years ago
July 24, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – लिडिङ फ्रम द फ्रन्टलाई फेरी एकपटक प्रमाणित गर्ने क्रममा सिंगापुरमा जारी आइसीसी यू १९ विश्वकपको छनोटमा नेपाली टोलीका कप्तान सन्दिप लामिछाने चम्केका छन् । नेपालले सोमबार मलेसियालाई ५ विकेट हराउँदा सन्दिपको भूमिका सबैभन्दा महत्वपूर्ण थियो ।
उनी खेलको म्यान अफ दी म्याच बनेका थिए । जारी प्रतियोगितामा सन्दिप तेस्रो पटक म्यान अफ दी म्याच बनेका छन् । पहिले ब्याटिङ गरेको मलेसियालाई ८९ रनमा अलआउट बनाउँदा सन्दिपले ७ विकेट लिएका थिए । ९.१ ओभर बलिङ गरेका सन्दिपले १ मेडनसहित १३ रनमात्र खर्चेका थिए ।
५ खेलमा सन्दिपले २१ विकेट लिइसकेका छन् । अघिल्लो खेलमा सिंगापुरसँग २२ रनको जितमा भने अर्धशत बनाएका दिपेन्द्र सिंह एरी म्यान अफ द म्याच घोषित भएका थिए । भएका थिए । उनले ५४ रन प्रहार गर्दै १ विकेट लिएका थिए ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]