8 years ago
July 25, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकपको एसिया क्षेत्रको छनोट अन्तर्गत नेपालका कप्तान सन्दिप लामिछानेले प्रतियोगिताको ‘म्यान अफ द सिरिज’को उपाधि जितेका छन्। प्रतियोगिता अवधिभर ६ खेलमा ३ पटक ५ विकेट लिएका सन्दिपले कुल २४ विकेट लिएका थिए।
प्रतियोगिताको पहिलो खेलमा आयोजक सिंगापुर विरुद्ध २१ रन खर्चेर ५ विकेट लिएका सन्दिपले दोश्रो खेलमा १७ रन खर्चिदैं ५ विकेट लिएका थिए। तेश्रो खेलमा अफगानिस्तानविरुद्ध २ विकेट हात पारेका कप्तानले आयोजकविरुद्ध चौथो खेलमा भने ४ विकेट लिए। मलेसिया विरुद्धको पाँचौ खेलमा करियरकै उत्कृष्ट प्रदर्शन गर्दै उनले १३ रन खर्चेर ७ विकेट लिए। मंगलबार भएको अन्तिम खेलमा भने उनले १ विकेटमात्र लिए। सन्दिप ५ विकेट लिएका ३ खेलमा म्यान अफ द म्याच भए।
प्रतियोगिता अवधिभरका ६ खेलमा ५३.४ ओभर बलिङ गरेका उनले २.४२को इकोनोमीमा १ सय ३० रन मात्र खर्चेका थिए। उनले ५.४१को औसतमा विकेट लिएका थिए। उनले यसक्रममा ८ मेडन फ्याँकेका थिए भने उनको स्ट्राइक रेट १३.४को रहेको थियो।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]