8 years ago
August 11, 2017
काठमाडौँ (हाम्रो खेलकुद ) – सिंगापुरमा आजबाट शुरु भएको पाँचौ संस्करणको सिंगापुर क्रिकेट क्लब इन्टर नेशनल टी–२० क्रिकेट प्रतियोगितामा नेपालका दुई खेलाडी पारस खड्का र मेहबुब आलम सम्मिलित सिंगापुर इमर्जिङ स्टार पराजित भएको छ ।

सिंगापुरस्थित पादाङ क्रिकेट मैदानमा शुक्रबार भएको पहिलो खेलमा नेपाली राष्ट्रिय टिमका कप्तान पारस र टिमका महत्वपूर्ण सदस्य मेहबुब सम्मिलित सिंगापुर इमर्जिङ स्टार डकवर्थ लुइस (डिएल) पद्धतिको आधारमा सिंघालेस स्पोर्टस् क्लबसँग ३६ रनले पराजित भएको हो । सिंघालेसले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको सिंगापुर इमर्जिङले ५.४ ओभरसम्म २ विकेट गुमाएर २६ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल पुनः शुरु हुन नसक्दा खेलको निर्णय डिएल पद्धतिबाट लिएको थियो । जसमा सिंघालेसले बाजी मारेको हो ।
सिंगापुर इमर्जिङका लागि चामिन्डा रुवाले ११ रन बनाए । नेपालका मेहबुब ४ रनमा आउट भए । सुरेन्द्ररन चन्द्रमोहन ६ रन तथा अर्जुन मुर्तेजा ३ रन बनाएर खेलिरहेको अवस्थामा वर्षा भएपछि खेल रोकिएको थियो । श्रीलङ्का राष्ट्रिय टिमका सदस्य तथा टिमका कप्तान सिंघालेसका सचित्रा सिनानायकेले दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको सिंघालेसले निर्धारित १७ ओभरमा ४ विकेट गुमाएर १ सय ९२ रनको सम्मानजनक योगफल तयार पारेको थियो । सिंघालेसका लागि दासुन सानाकाले सर्वाधिक ७९ रनको अविजित इनिङ्स खेले । दासुनले आक्रामक ब्याटिङ गर्दै २७ बलमा ५ चौका र ८ छक्काको मद्दतमा ७९ रन बनाए । मिनोध बानुवाले ५० रनको अर्धशतकीय इनिङ्स खेले । सम्मु असम १३ रनमा अविजित रहे ।
सिंगापुर इमर्जिङका लागि नेपाली खेलाडी मेहबुबले ४ ओभर बलिङ गर्दै ३९ रन खर्चेर दुई विकेट लिए । मेहबुबले सिंघालेसका ओपनर ब्याट्सम्यान दिलन जयलथलाई शुन्य रनमै बोल्ड गरेका थिए । पारसले दुई ओभर बलिङमा २० रन खर्चदै एक विकेट लिए । अखिल बालाचन्द्रले एक विकेट लिए । समूह ‘बी’ मा रहेको नेपाली खेलाडी सम्मिलित सिंगापुर इमर्जिङले शनिबार अष्ट्रेलियाको मेलवर्न क्रिकेट क्लबसँग खेल्नेछ । यस्तै शनिबार नै हङकङको कोउलोन क्रिकेट क्लबसँग खेल्नेछ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]