10 years ago
November 23, 2015
अन्तिम खेलमा मेरिलेबोन क्रिकेट क्लबले (एमसीसी) सोमबार नेपाल–११ लाई ट्वान्टी–२० खेलमा ४० रनले पराजित गर्दै जितका साथ नेपाल भ्रमण टुंगाएको छ।
एमसीसीले नेपाल भ्रमणमा ३ मा जित हात पार्यो भने २ मा पराजय भोग्यो। पोखरामा एमसीसी स्थानीय टिमसँग अन्तिम बलमा ४० ओभरको खेलमा पराजित भएको थियो। नेपाल–११ सँगको दुई दिवसीय खेल एमसीसीले बराबरीमा टुंगाएको थियो।
एमसीसीले निर्धारित २० ओभर खेल खेली ३ विकेट गुमाई १ सय ६९ रन बनायो, जवाफमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपाल–११ ले ८ विकेट गुमाई १ सय २९ रनमात्र बनाउन सक्यो।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]