default_image

8 years ago

September 23, 2017

अभ्यास खेलमा नेपाललाई लगातार सफलता

145 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले अभ्यास खेलमा लगातार तेस्रो सफलता प्राप्त गरेको छ ।चेन्नईमा आज भएको खेलमा नेपाली टोलीले आज तामिलनाडु ए लाई १ सय ४७ रनको फराकिलो अन्तरले हराएको थियो । शरद भेषावकरको शतक बनाएको खेलमा नेपाली टोलीले ३ सय ११ रन बनाएको थियो । जवाफमा तामिलनाडुलाई नेपालले ४५.३ ओभरमा अलआउट गर्दै १ सय ६४ रनमा सिमित गरेको थियो ।

 

३ सय १२ रनको ठूलो लक्ष्य पछ्याएको तामिलनाडुलाई सस्तैमा आउट गर्ने क्रममा सन्दिप लामिछाने र सुशील कंडेलले समान ३ विकेट लिए । करण केसी , सागर पुन र ललित भण्डारीले समान १ विकेट लिए । तामिलनाडुका सत्यनारायणले ६७ रन बनाए । अन्य ब्याट्सम्यान खासै चल्न सकेनन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ११ रन बनाएको थियो । शरदले १ सय रन बनाउँदै आउट भए । सागरले ७७ रन बनाए । शरद र सागर पुनले दोस्रो विकेटका लागि १ सय ४७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

अघिल्लो खेलमा शतक बनाएका ज्ञानेन्द्र मल्लले ३१ रन जोेडे । ३७ बल खेलेका दीपेन्द्र सिंह ऐरीले बिष्फोटक ब्याटिङ गर्दै ८ चौका र ४ छक्काको मद्दतले ७३ रन बनाए । खराब ब्याटिङलाई निरन्तरता दिएका विकेट किपर ब्याट्सम्यान विनोद भण्डारीले ७ रन जोडे । इनिङ्सको अन्तिम बलमा छक्का प्रहार गरेका सोमपाल १० रनमा नट आउट रहे ।

यसै महिनाको अन्तिममा विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङसँग हुने दुई खेलको अन्तिम तयारीका लागि नेपाली टोली भारत भ्रमणमा रहेको छ । नेपालले चौथो तथा अन्तिम अभ्यास खेल सोमबार खेल्नेछ । नेपाल र हङकङबीच असोज २७ र २९ गते हङकङमा प्रतिस्पर्धा हुनेछ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.