8 years ago
October 13, 2017
काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको छ । नेपालको ब्याट्सम्यानहरु चल्न नसक्दा १ सय ९५ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले १ सय ११ रन बनाउदै अल आउट भयो । नेपालको विश्व कप छनोट चरण खेल्ने सम्भावना कठिन बनेको छ ।
ओपनर सागर पुन व्यक्तिगत ३ रन बनाउदै आउट भएपछि तेस्रो नम्बरमा आएका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लवीचको साझेदारीले नेपाललाई राम्रो सुरुआत दिलाएपनि ज्ञानेन्द्रको विकेट पछि नेपाली ब्याटिंगको पतन सुरु भयो । ज्ञानेन्द्र २१ रन बनाउँदै आउट भए भने दीपेन्द्र सिंह ऐरी ३ रनमा पवेलियन फर्किए ।
कप्तान पारस खड्का व्यक्तिगत २६ रनमा बोल्ड भने भने आरिफ २३ रनमा सिमित भए । विकेट किपर ब्याट्सम्यान विनोद भण्डारी १८ रनमा आउट भए भने सोमपलले ११ रन बनाए । वसन्त रेग्मी , करण केसी र सन्दिप लामिछानेले खाता खोल्न सकेनन ।
हङकङका दाँया हाते अफ ब्रेक बलर इशान खानले ५ विकेट लिए भने अजिज खानले ३ विकेट लिए ।
त्यसअघि टस हारेर पहिल ब्याटिंग गरेको घरेलु टोलीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १ सय ९४ रन बनाएको थियो । ओपनर जेमी एटकिन्सनले हङकङका लागि सर्वाधिक ७६ रन बनाएका थिए । नेपालका लागि सन्दिप लामिछानेले ३ तथा करण केसी र वसन्त रेग्मीले समान २ विकेट लिए भने सुसन भारीले १ विकेट लिए ।
छैठौ स्थानमा रहेको नेपालको ११ खेलमा ८ अंक छ भने हङकङ ११ खेलमा १३ अंक सहित चौथो स्थानमा उक्लेको छ । नेपालले आइतबार दोस्रो पटक हङकङको सामना गर्नेछ
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]