8 years ago
October 22, 2017
मुम्बई (एजेन्सी)– घरेलु मैदानमा उच्च प्रदर्शन गर्दै आइरहेको भारतीय क्रिकेट टोलीले आज न्युजिल्यान्डविरुद्ध पहिलो एक दिवसिय खेल्दैछ । आजको दिवा रात्री खेल मुम्बईको वाङखडे मैदानमा हुँदैछ ।
भारतले हालै घरेलु भूमिमा भएको पाँच एक दिवसिय श्रृखंलामा अस्ट्रेलियालाई ४–१ ले हराएको थियो । त्यहि सफलतालाई निरन्तरता दिने प्रयासमा रहने भारतका लागि कप्तान विराट कोहलीको आजको खेल २ सयौं एक दिवसिय खेल पनि हो । भारतीय टोलीमा अहिले विविधापूर्ण र अन्त्यसम्म पनि ब्याटिङ गर्न सक्ने खेलाडी रहेका छन् ।
यद्दपी टोली यसपटक दुई महत्वपूर्ण स्पिनर रविचन्द्रन आश्विन र रविन्द्र जडेजा विना उत्रदैछन् । उता भारतीय भूमिमा खासै सन्तोषजनक प्रदर्शन गर्न नसकेको न्युजिल्यान्ड पनि नयाँ चुनौतिका लागि तयार भएको छ । युवा बलरहरुले भारतीय उत्कृष्ट ब्याट्सम्यानहरुलाई संकटमा पर्ने सम्भावना रहेको विश्वास गरिएको छ ।
यद्दपी भारतविरुद्ध श्रृखंला जित्नका लागि स्पिनरहरुको चुनौति पार गर्नुपर्ने न्युजिल्यान्डका ब्याट्सम्यानले बझेका छन् । बायाँ हाते चाइनाम्यान बलर कुलदिप यादव, दायाँ हाते लेग ब्रेक युजभेन्द्र चाहालले भारतीय आक्रमण सम्हालिरहेका छन् । उनीहरुसँगै जसप्रित बुम्राह र भुवनेश्वर कुमार टोली थप शक्तिका रुपमा रहेका छन् ।
आइसिसीको एक दिवसिय वरियतामा अहिले भारत दोस्रो स्थानमा रहेको छ । न्युजिल्यान्डलाई ३–० ले हराउन सके दक्षिण अफ्रिकालाई पछि पार्दै भारत शीर्षस्थानमा उक्लनेछ । भारत र न्युजिल्यान्डबीचको तीन एक दिवसय श्रृखंलाको दोस्रो खेल पुनेमा बुधबार हुनेछ भने तेस्रो तथा अन्तिम खेल कानपुरमा अक्टुबर २९ मा हुने तय छ । त्यसपछि यी दुई टोली बीच तीन वटा टि ट्वान्टी खेल हुनेछ । न्युजिल्यान्ड अहिले वरियताको पाँचौं स्थानमा छ ।
थप जानकारी
– न्युजिल्यान्डविरुद्धका पछिल्ला पाँच एक दिवसिय मध्ये तीन खेलमा भारत विजयी भएको थियो ।
– सन् २०१७ मा एक दिवसिय क्रिकेटमा विराट कोहलीपछि १ हजार रन पुरा गर्न रोहित शर्मालाई अब ९८ रनको आवश्यकता रहेको छ ।
– घरलु मैदानमा न्युजिल्यान्डविरुद्ध भएका पाँच वटा एक दिवसिय श्रृखंला भारतले जितेको थियो ।
– भारत र न्युजिल्यान्डबीच एक दिवसिय क्रिकेटमा आजको खेल ९९ औं खेल हो भने भारतीय भूमिमा हुन लागेको ३३ खेल हो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]