default_image

8 years ago

October 25, 2017

दोस्रो खेलमा न्युजिल्यान्ड र भारत भिड्दै

184 views

0 Bookmark

पुने (एजेन्सी) – भारत भ्रमणमा रहेको न्युजिल्यान्ड र घरेलु टोलीबीच आज दोस्रो एक दिवसिय क्रिकेट हुँदैछ । टोम लाथम र रोस टेलरले चौथो विकेटका लागि कीर्तिमान २ सय रनको साझेदारी गरेपछि न्युजिल्यान्डले पहिलो एक दिवसिय क्रिकेटमा भारतलाई ६ विकेटले हराउँदै शृंखलामा महत्वपूर्ण अग्रता लिएको छ ।

New zealand India

तीन खेलको सिरिजमा न्युजिल्यान्ड दोस्रो जितको खोजिमा रहनेछ । तर भारतले सन् २०१३ यता दुइ राष्ट्र बीचको शृंखलामा लगातार दुई हारेको छैन ।

अघिल्लो ५ खेलमा २ पराजय भोगेको भारतले भने शृंखला बराबरी गर्ने लक्ष्य लिएको छ । यी दुई टोलीबीचको अघिल्लो ५ खेलमा न्युजिल्यान्डले ३ खेल जितेको छ भने दुई खेल भारतको नाममा छ । पाँचै खेल भारतीय भूमिमा खेलिएको हो ।

दुवै टोलीमा फिटनेसको कुनै समस्या नरहेको कारण पहिलो खेलमा सुरुआत गरेका खेलाडीले मौका पाउने सक्नेछन् ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.