8 years ago
October 27, 2017
ब्लुमफोन्टिन (एजेन्सी)– दक्षिण अफ्रिकाले पहिलो टि ट्वान्टी क्रिकेटमा बंगलादेशलाई २० रनले हराएको छ । १ सय ९६ रनको लक्ष्य पछ्याएको भ्रमणकारी टोलीले ९ विकेटको क्षेतिमा १ सय ७५ रन मात्र जोड्न सक्यो । त्यसअघि टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४ विकेट गुमाउँदै १ सय ९५ रन बनाएको थियो ।
अलराउन्डर एन्डिले फेलुकवायोले महत्वपूर्ण विकेट लिएपछि बंगलादेश लक्ष्यमा पुग्न असफल भएको थियो । ओपनर सौम्य सकारलाई फेलुकवायोले ४७ रनमा एलबिडब्लू आउट गरेपछि बंगलादेश कमजोर बनेको थियो । ‘हामीलाई थाहा थियो उनीहरु आक्रमक ढंगले प्रस्तुत हुन्छन् भन्ने,’ दक्षिण अफ्रिकी कप्तान जेपी डुमिनीले भने, ‘तर हाम्रा खेलाडीले आफ्नो क्षमता अनुसारको प्रदर्शन गरे र उनीहरुलाई रोके ।’
सरकार र इम्रुल कायसले पहिलो विकेटका लागि २५ बलमा ४३ रनको बनाउँदै बंगलादेशलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । दुई विकेट खस्दा सम्म पनि बंगलादेशले खेल जित्ने सम्भावना थियो । २ विकेटको क्षतिमा बंगलादेशले ९२ रन जोडिसकेको थियो ।
तर, फेकुलवायोले १० औं ओभरको पहिलो बलमा सरकारको विकेट लिएपनि बंगलादेश धारासायी भएको थियो । ३१ बलमा ५ चौका र २ छक्का प्रहार गरेका सरकारलाई सुरुमा आउट दिइएको थिएन र तर रिभ्युमा उनी आउट भए । फेकुलवायोले महमुदुल्लाको विकेट पनि लिएका थिए ।
त्यसअघि दक्षिण अफ्रिकाका लागि दुई वटा महत्वपूर्ण साझेदारी भएका थिए । क्विन्टन डी कक र म्यान अफ दी म्याच एबी डि भिलियर्सले दोस्रो विकेटका लागि ५१ बलमा ७९ रनको साझेदारी गरेका थिए ।
ककले ५९ रन बनाए भने भिलियर्सले मात्र २७ बलमा ४९ रन जोडे । त्यस्तै फरान बेहार्डिन र डेभिड मिलरले अन्तिम ५ ओभरमा अविजित ६२ रनको साझेदारी गरेका थिए । बेहार्डिन ३६ र मिलर २५ रनमा अविजित रहेका थिए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]