8 years ago
October 27, 2017
दुबई (एजेन्सी)– हसन अलीको उच्च प्रदर्शनबाट प्रेरित पाकिस्तानले पहिलो टि ट्वान्टी क्रिकेटमा श्रीलंकालाई ७ विकेटले हराएको छ । एक दिवसिय श्रृखंला ५–० ले जितेको पाकिस्तानका लागि १४ विकेट लिएका अलीले गए रातिको खेलमा ३.३ ओभरमा २३ रन खर्चेर ३ विकेट लिएका थिए ।
जसका कारण पहिला ब्याटिङ गरेको श्रीलंकाले १८.३ ओभरमा सबै विकेट गुमाएर १ सय २ रन मात्र बनाउन सक्यो । पाकिस्तानले १७.२ ओभरमा ३ विकेटको क्षतिमा आवश्यक १ सय ३ रन बनाएको थियो । सिक्युज प्रसन्नले अविजित २३ रन बनाए भने सोही खेलमा डेब्यू गरेका साडेरा सामाराविक्रमाले २३ रन बनाएका थिए ।
जवाफमा पाकिस्तानका फाखर जमान (६), बाबर अजम (१), अहमद सेजाद १६ रन बनाएर आउट भएपनि सोहेब मल्लिक र मोहम्मद हाफिजले मोर्चा सम्हालेपछि टोलीले १६ बल बाँकी रहँदै खेल जितेको थियो । योसँगै ३ खेलको श्रृखंलामा पाकिस्तानले १–० को अग्रता लिएको छ । मलिकले अविजित ४२ रन जोडे । उनले ३१ बलमा ४ चौका प्रहार गरे । त्यस्तै हाफिजले २५ रन जोडे ।
यद्दपी पाकिस्तानको जितको आधार बलरहरुले तयार पारेका थिए । सुरुबाटै दबाबमा परेको श्रीलंका १० ओभरमा २ विकेटको क्षतिमा ५१ रन बनाएको थियो । तर त्यसपछि बाँकी ८ विकेट गुमाउँदा श्रीलंकाले ५१ रन मात्र बनाउन सक्यो । पाकिस्तानविरुद्ध श्रीलंकाको दोस्रो कम स्कोर हो । पाकिस्तानका ६ नै बलर विकेट लिन सफल भएका थिए । हाफिज र उमान सिनवारीले समान २ विकेट लिए । दोस्रो खेल आज हुनेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]