8 years ago
November 19, 2017
क्वालालम्पुर (एजेन्सी)– अफगानिस्तानले एसीसी यू १९ एसिया कप क्रिकेटको उपाधि जितेको छ । मलेसियाको क्वालालम्पुरमा आज भएको फाइनलमा पाकिस्तानलाई १ सय ८५ रनको भारी अन्तरले हराउँदै अफगानिस्तानले उपाधि जितेको हो ।
पाकिस्तानले टस जितेर अफगानिस्तानलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । त्यसको भरपुर फाइदा उठाउँदै अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ४८ रन जोडेको थियो । जवाफमा पाकिस्तानी टोली २२.१ ओभरमा ६३ रन बनाउँदै अलआउट भएको थियो । अफगानिस्तानका मुजिव जार्डन र कइस अहमदले पाकिस्तानी ब्याटिङ ध्वस्त पारेका थिए ।
मजिदले १३ रन खर्चेर ५ विकेट लिए भने कइसले १८ को बदलामा ३ विकेट हात पारेका थिए । प्रतियोगिता भर मुजिबको दबदबा रह्यो । उनले प्रतियोगितामा दुई पटक ५ वा त्यो भन्दा बढी विकेट लिए । त्यसअघि समूह चरणमा पनि पाकिस्तानविरुद्धको खेलमा मुजिदले २३ रन खर्चेर ६ विकेट लिएका थिए । त्यो खेलमा पनि पाकिस्तान ५७ रनले पराजित भएको थियो । मुजिवनै प्रतियोगिताको प्लेयर अफ दी टुर्नामेन्ट घोषित भए ।
त्यसअघि अफगानिस्तानका लागि इ कीले शतक बनाएका थिए । उनले अविजित १ सय ७ रन बनाएका थिए । त्यस्तै आर गुरबाजले ४० र जार्डनले ३६ रन बनाएका थिए । पाकिस्तानका लागि एम मुसाले ३ विकेट लिएका थिए । समूह चरणमा अफगानिस्तानले श्रीलंकाविरुद्धको खेल भने गुमाएको थियो । लिग चरणका तीन मध्ये २ खेल जितेको अफगानिस्तानले सेमिफाइनलमा नेपाललाई ७ विकेटले हराएको थियो ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]